Girl in a jacket

पाँचाैं झापा गाेल्डकप : पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

सबै तस्विर झापा गाेल्डकपकाे सचिवालय ।

बिर्तामाेड / नेपाल पुलिस क्लबलाई हराउँदै संकटा क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पाँचौं संस्करणको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै संकटा  संकटा अन्तिम ८ मा प्रवेश गरेको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा संकटालाई जिताउन उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए।

invotech

खेलको सुरूवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए। पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो।

खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो। २६ औं मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए।

५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन। ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो।

त्यस्तै, १६ औं मिनेटमा संकटाका लक्ष्मण रूचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए। २२ औं मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो। संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन।

आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भए। उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईंले प्रतियोगिताभर गरेका छन्।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौं संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपिएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मृत अवस्थामा फेला परिन् धरानकी महिला सञ्चारकर्मी सुनिता

Read Next

झापा गोल्डकपः एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *