मंजिल नेपाल, शिवगञ्ज /झापाको शिवसताक्षी ७ सिमल चोकमा सोमबार राती आगलागी हुँदा स्थानीय एक किसानको चौपाया बाध्ने गोठ र परालको माच जलेर नष्ट भएको छ ।
स्थानीय पुष्प अधिकारीको परालको माचबाट शुरु भएको आगो चौपाया बाध्ने गोठ सम्म सल्किएर पुगेको स्थानीय पुष्प सापकोटाले बताए । उनका अनुसार परालको माच र चौपाया गोठ जलेर नष्ट भएको छ ।
परालको माचबाट आगो कसरी सल्कियो भन्नेबारेमा केही खुलेको छैन । आगलागीबाट के कतिको क्षति भयो भन्ने विषयमा विवरण संकलन भएको छैन ।
कमल गाउँपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको टोलीले राति साढे १० बजे आगो नियन्त्रणमा लिएको थियो । गोठ सँगै जोडिएको अधिकारीको घर समयमै दमकल पुगेका कारण आगलागी हुन बाट जोगिएको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।
शिवसताक्षीमा परालको माचमा आगो लाग्दा गोठ जलेर खरानी
