Girl in a jacket

शिवसताक्षीमा सवारी दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु

झिलझिले / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा अहिले भएको सवारी दुर्घटनामा परेर दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १०को सैनिक चोकमा अहिले साँढे ४ बजे कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक सुनसरी घर भएका भनिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा अन्य चार जना सक्त घाइते भएका छन् । घाइतेको उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा आजदेखि फुटवल : उद्घाटन खेलमा वडा नम्बर २ र ८ भिड्ने

Read Next

शिवसताक्षीमा कार दुर्घटना : मृतककाे खुल्याे पहिचान (फलाेअप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *