Girl in a jacket

भानु माविको अध्यक्षमा गणेश

भानु माद्यमिक विद्यालय पाराबारीका नव निर्वाचित अध्यक्ष गणेश राइ । तस्विर : सामाजिक संजाल ।


धरमपुर / शिवसताक्षी ३ को भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।
स्थानीय युवा समाजसेवी गणेश राईको अध्यक्षतामा आगामी तीन वर्षका लागि विद्यालय व्यवस्थापन समिति गठन भएको हो । राई समाज, शिक्षा, स्वास्थ्य लगायतका विधामा अगुवा समाजसेवीका रुपमा परिचित छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भास्कर न्यौपानेका अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्यमा प्रेम खनाल, मनिता सुब्बा, खीरबहादुर श्रेष्ठ, दमयन्ता गौतम र सुर्जकला मगर चयन भएका छन् ।
यो समिति गएको असार १ मा शिक्षा ऐन र विद्यालय व्यवस्थापन गठन कार्यविधि अनुसार गठन भएको हो विद्यालय प्रसाशानले जनाएको छ ।
विद्यालयका अभिभावक, शिक्षक, वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकार राख्ने निकायका प्रतिनिधि सहितको भेलाले विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन भएको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ ले जनाएको छ ।
सो विद्यालयमा कक्षा नर्सरी देखी ५ सम्म अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने गरेको छ । विद्यालय श्रोतका अनुसार निकट भविष्यमा कक्षा ११ र १२ पनि अध्ययन अध्यापन हुने छ ।
यस्तै सोही दिनको भेलाले विद्यालयको शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।
रोहितकुमार बाँस्तोलाको अध्यक्षतामा गठन भएको सो समितिमा वीरबहादुर बुढाथोकी, अनु फुयाँल, राजन फुयाँल, रञ्जिता ताजपुरिया र मैनादेवी बिक सदस्यमा चयन भएका छन् ।

कमेन्ट गर्नुस्

admin

Read Previous

शिवसताक्षी ८ को टोल टोलमा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण, नवीकरण पनि त्यहीँ हुने

Read Next

शिवसताक्षीमा नेपाली कांग्रेसले विपीलाई विरुवा रोपेर सम्झियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *