Girl in a jacket

शिवसताक्षीमा नेपाली कांग्रेसले विपीलाई विरुवा रोपेर सम्झियाे

झिलझिले / विशेश्वर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवस शिवसताक्षीमा नेपाली कांग्रेसले वृक्षा रोपण गरेर मनाएकाे छ। नेपाली कांग्रेस शिवसताक्षीले पर्यटकीय सताक्षीधाम सडक खन्डको झिलझिले उत्तरमा वृक्षारोपण गरी विपीको स्मृति दिवस मनाएको नगर सभापती अशोक वस्नेतले जानकारी दिए ।

नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ४ का सभापती जयनारायण साहको प्रमुख आतिथ्यमा स्मृति दिवस मनाइको हो । स्मृति दिवसको अवसरमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेसका नेता पर्शुराम ढुँगाना, नारायणप्रसाद बजगाई, कमल भण्डारी, मचिन्द्र शेर्मा, प्रसाद सुब्बा, तारा मेहता लगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय सभापती शाहले देशमा शान्ति, अमन चयन लागि जनताको चाहना अनुसार पार्टीका नेता कार्यकर्ता एक भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । राष्ट्रियता, प्रजातन्त्र, संघीयताको सवालमा सबै एकजुट भएर अघि बढे मात्र देशले निकास पाउने उनको भनाई थियो ।

पार्टीको १४ औ माहाधिवेशन र गएको स्थानीय तहको निर्वाचनको उम्मेद्वार चयनको विषयलाई लिएर काेही कसैले पनि तिक्तता साध्नु नहुने उनको भनाई थियो । पार्टीले सिकाएको अनुसाशनको क्रम भंग गरेर कोही कसैले पार्टी र पार्टीका उम्मेद्वारलाई सहयोग गरि नेपाली कांग्रेस इतरका राजनीतिक दललाई सहयोग गरेकाे छ भने त्यस्ता व्यक्तिले एक मिनेट पनि पार्टीमा नबस्न उनले आग्रह गरे । कार्यक्रम नगर सभापती बस्नेतकाे अध्यक्षता र सचिव हाेम दुलालकाे सहजिकरणमा भएकाे थियाे ।

विपी कोइरालाको वि.स.२०३९ सालमा आजकै दिन क्यान्सर रोगकबाट मृत्यु भएको थियो । त्यसैदिन देखी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा साउन ६ गते विपी स्मृति दिवस मनाउन थालिएको हो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन रहेको नेपाली कांग्रेसका नेता पर्शुराम ढँुङगानाले बताएका छन् ।

वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।

२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ–मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् । उनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् ।

विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।

विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली काँग्रेसले साउन ६ गते स्मृति दिवस र भदौ २४ जन्म दिवस विशेष गरी मनाउने गरिएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

भानु माविको अध्यक्षमा गणेश

Read Next

नेपाली नागरिकता पाउन यस्ताे बन्याे चार सर्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *