Girl in a jacket

सुकुम्बासीलाई छ महिनामा धनिपूर्जा दिन सकिन भने पदबाट राजीनामा दिन्छु – नगर प्रमुख थापा

दमक– दमक नगरका नवनिर्वाचित मेयर राम थापाले छ महिनाभित्र सुकुम्वासीलाई धनीपूर्जा दिन नसके नगरपालिका छोड्ने घोषणा गरेका छन् ।

‘छ महिनाभित्र मैले धनीपूर्जा दिन सकिन भने सात महिनामा मलाई नगरपालिकामा देख्नु हुने छैन,’ शुक्रवार आयोजित बिजय जुलुसपछिको कोणसभामा मेयर थापाले भने ।

मेयर थापाले सुकुम्बासीमाथि जनप्रतिनिधिले घात गरेको बताए । अघिल्ला जनप्रतिनिधिले राष्ट्रिय भूमि आयोगले दिएको फारमसम्म सुकुम्बासीमाझ नपुर्याएको उनको आरोप छ ।

थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका पनि छन् । ‘नगरपालिकाबाट नगरप्रमुख भएबापत ४० हजार रुपैयाँ जति आउँछ । त्यो म लिन्नँ,’ नवनिर्वाचित मेयर थापाले भने, ‘यो गरिब जनताको शिक्षा, स्वास्थ्यमा खर्च गर्नेछु ।’

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा बदर मत बन्यो गठबन्धनको टाउको दुखाई

Read Next

धरमपुरमा दुर्घटना : दुईजनाको घटना स्थलमै मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *