Girl in a jacket

सामान्य घटना असामान्य क्षति : साईकल र मोटरसाईकलबाट झरेर दुईको मृत्यु

झिलझिले / झापामा साइकल र माेटरसाइकलबाट झरेर दुइ जनाकाे मृत्यु भएकाे छ । अर्जुनधारा र कचनकवलमा भएकाे दुर्घटनामा परेर एक महिला र पुरूषले ज्यान गुमाएका हुन् ।

अर्जुनधारामा छोराले चलाएको मोटरसाइकलबाट झर्दा नारायण चोककी एक बृद्धा आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा आइतबार साँझ भएको सो दुर्घटनामा परेर वृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ५ बजे आफ्नै छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी अर्जुनधारा ७ नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छोरा सुमन कार्कीले सो मोटर साईकल चलाएका थिए ।

प्रहरीका अनुसार सडकमा भएको खाल्टोबाट मोटरसाईकल जोगाउन खोज्दा पछाडी सवार आमा झरेकी थिइन् । बुद्धशान्ति २ स्थित रबर बगान नजिक दुर्घटना भएको थियो । सो सडक खण्ड जीर्ण बनेको छ ।

दुर्घटनाबाट घाईते भएकी आमाको टाउकोमा गम्भिर चोट लागेकोको प्रहरीले बताएको छ । उनको विर्तामोडको विएण्डसी अस्पतालमा उपचारका ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि छोरा पनि अचेत छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै साइकलबाट लडेर झापाको कचनकवलमा अर्का एकजना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका– ५ पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा साइकलबाट लडेर घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको र उपचारको क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

निम्बसले पनि सुरु गर्यो स्काउट कक्षा

Read Next

काँकडभिट्टा-लौकही सडक: तीन डिजाइनमा निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *