झिलझिले / झापामा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।
गौरादह नगरपालिका र कमल गाउँपालिका को सिमानामा रहेको ढ्याङ्गरी खोलामा पौडी खेल्दा खोलाले बगाएर १८ वर्षीय उज्वल खरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कमल गाउँपालिका १ स्थित सो खोलामा उनी दिउँसो २ बजे साथीहरुसँग पौडी खेल्न सो खोलामा पसेका थिए । साथीहरु पौडिएर निस्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय झापाको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी समेत परिचालित भएका छन् । प्रहरीका अनुसार उनको अवस्था अज्ञात छ । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
पूर्वी पहाडी जिल्लामा वर्षा भएका कारण खोलामा पानीको सतह बढेको छ । धमिलो पानीका कारण बेपत्ताको खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ ।