Girl in a jacket

पछिल्लो अपडेट :

  • December 8, 2023

शिवसताक्षीमा आजदेखि फुटवल : उद्घाटन खेलमा वडा नम्बर २ र ८ भिड्ने

मन्जिल नेपाल
दुधे /
झापाको शिवसताक्षीमा आजदेखि सुरु हुने वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । आज दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँवा लिम्बुले प्रतियोगिताको एक भव्य कार्यक्रमका विच उद्घाटन गर्नेछन् ।

आयोजकका अनुसार उद्घाटन खेल वडा नम्बर २ र ८ बीच हुनेछ । ५ गतेको खेल वडा नम्बर १ र ११ विच हुने आयोजक समितिले जनाएको छ । यस्तै ६ गते वडा नम्बर ३ र ९ र असोज ७ गते वडा नम्बर ४ र ७ बीच प्रतिस्पर्धा हुने जनाईएको छ ।

असोज ८ गते वडा नम्बर ६ र १० बीच खेल हुनेछ भने ९ गते शिवसताक्षी भेट्रानले क्वाटर फाइनलबाट छनौट हुने वडा नम्बर ३ वा ९ संग भिड्नु पर्नेछ । प्रतियोगिताको अन्तिम खेल असोज १५ गते हुने आयोजक समितिका अध्यक्ष सुरेन लिम्बुले बताएका छन् । खेल शिवसताक्षी नगरपालिका वडा नम्बर ९ उत्तरकाे खेल मैदानमा हुनेछ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

एन प्याव्सन झापाले तीन नेता शिक्षकलाई गर्यो सम्मान

Read Next

शिवसताक्षीमा सवारी दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *