इलाम / स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित इलामको सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् ।
आज एक कार्यक्रमका बीच राई एमाले प्रवेश गरेका हुन् ।नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
सन्दकपुर गाउँपालिकाका पाँच वडा मध्ये चार वडामा एमालेबाट प्रस्तावित उमेदवार निर्वाचित भएका थिए । एक वडामा माओवादीबाट राई विजयी भएका थिए ।
राई जिल्लाभरमै माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । उनीसहित सोही वडाकी एक महिला जनप्रतिनिधि मात्र माओवादीबाट निर्वाचित भएकी थिइन् ।