Girl in a jacket

शिवसताक्षीका कार्की झापा खेलकुद विकास समितिको सदस्यमा मनोनित

माइधार /झापा जिल्ला खेलकुद विकास समितिले आंसिक पुर्णता पाएको छ । समितिको चन्द्रगढी स्थित कार्यालयमा बिहीबार बसेको बैठकले जिल्लाका ६ स्थानीय तहबाट ६ जनालाई समितिको सदस्यमा मनोनयन गरिएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) र उपाध्यक्ष गंगा कोइराला भुर्तेलले ६ जनालाई मनोनयन गरेर खेलकुद विकास समितिलाई आंशिक पुर्णता दिएका हुन् । यस अघि १ नम्बर प्रदेशको मन्त्री स्तरिय बैठकले भण्डारीलाई अध्यक्ष र भुर्तेललाई उपाध्यक्षमा मनोनित गरेको थियो ।

साविकको दुई सदस्यीय समितिले शिवसताक्षीका जगन कार्की दुर्वासालाई मनोनित गरेको छ । कार्की अढाई दशक देखी खेलकुद क्षेत्रमा सक्रिय छन् । यस्तै सो समितिमा अर्जुनधाराका सुरेन्द्र गिरी, विर्तामोडका गङा तुम्वाम्पो, दमकका लक्ष्मी चौधरी, मेचीनगरका महेश सरकार र भद्रपुरका शमशेर तामाङ परेका छन् ।

समितिले अब पुर्णता पाउँनका लागि जिल्ला प्रशासनबाट तोकेको एक ,जिल्ला प्रहरी कार्यालयबाट तोकिएको १ र शिक्षा क्षेत्रबाट १ गरेर तीन जना मनोनित गर्नुपर्ने प्रावधान छ । यो संगै गरेर जिल्ला खेलकुद बिकास समिति ११ सदस्यीय हुने र समितिले पूरा हुने छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

जापान सरकारको सहयोग शिवसताक्षीलाई : चिटिक्क परेको विद्यालय भवन पाउँदा समुदायनै दंग

Read Next

श्रीमती कुटपिट पछि पक्राउ परेका प्रतिवादीको सरकारी वकिलको कार्यालयमा मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *