झिलझिले / झापा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका २० वर्षीय अख्तर अलिको मृत्यु भएको छ । बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारकै क्रममा बुधबार राती उनको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भिर घाइते भएका अलिलाई उपचारका लागि बिएण्सी अस्पताल लगिएको थियो ।
झापा–३ स्थित कत्लामारीको भित्री सडकमा बुधबार दिउँसो उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले पछाडीबाट ठक्कर दिंदा मोटरसाइकल चालक अलि गम्भीर घाइते बनेका थिए ।
दुर्घटना गराउने ट्याक्टरका चालक फरार छन् । प्रहरीले उनलाई अहिले सम्म नियन्त्रणमा लिन सकेको छैन । सवारी चालक अनुमती पत्र नभएका कारण चालक फरार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
ट्याक्टरको ठक्करबाट अलिको मृत्यु
