Girl in a jacket

कनकाईमा नेपाली भाषा शिक्षण प्रशिक्षण र पाठ्यक्रम विमर्श कार्यशाला सम्पन्न

सुरुङ्गा / झापाको कनकाई नगरपालिका सुरुङ्गामा नेपाली भाषा शिक्षण प्रशिक्षण तथा पाठ्यक्रम विमर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

भाषा र साहित्यलाई कुनै पनि बहानामा संकटमा पार्न नहुने उक्त कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले यति बेला हरेक नेपालीको जनजिब्रोमा नेपाली भाषा भन्दा पनि अंग्रेजी शब्द छिटो उच्चारण हुने बताए । ‘नेपाली भाषा र साहित्य हरेक विद्यालयमा प्राथमिकताका साथ अध्ययन अध्यापन भएमात्र यसको रक्षा हुन्छ,’ उनले भने । बोलीचाली, बानि व्यहोरा र रहन सहन मात्र परिवर्तन भयो भने विद्यालयमा उपलब्धी मुलक सिकाई हुने उनले बताए ।
कनकाई नगर प्याब्सनको आयोजना र ऐरावती प्रकाशन प्रालि काठमाण्डौको संयोजनमा सुरुङाको होटल क्विनमा आयोजित कार्यक्रमका अधिकाँस वक्ताले विद्यालय स्तर देखिनै नेपाली भाषा र साहित्यलाई अंग्रेजी भाषालाई प्राथमिकता दिए जसरी नै अघि बढाउनु पर्नेमा जोड दिए ।
नगरप्रमुख पोखरेलले नेपालकै भाषा साहित्यका प्रख्यात पाठ्य पुस्तक लेखक डाक्टर देवी नेपाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले भाषा शिक्षणमा प्रभावकारीताको खोजी गर्दे कनकाई नगरका शिक्षक शिक्षीका संगको अन्तरसम्बाद कार्यक्रम महत्वपुर्ण भएको बताए ।
नेपाली भाषा तथा नेपाली पाठ्यपुस्तकका लेखकले नेपाली भाषा र साहित्य अंग्रेजी भाषाको बढ्दो प्रयोगले नामेट हुने खतरा बढेको समेत गुनासो गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बरिष्ठ साहित्यकार, समालोचक तथा पाठ्यपुस्तक लेखक डाक्टर देवी नेपालले नेपाली भाषाको शुद्ध लेखन र उच्चारणको प्रयोग दिन प्रतिदिन घटिरहदा नेपाली साहित्य र भाषा संकटमा परेको प्रष्ट पारे ।
‘भाषाको विकास निरन्तर चलिरहने प्रक्रिया भएको हुँदा परिवर्तनप्रति अद्यावधिक भइरहन आवश्यक छ। आफु अद्यावधिक भए विद्यार्थीलाई सिकाउन सहज हुने र विद्यार्थीलाई पनि अद्यावधिक गराउन सकिन्छ ।” उनले भने ।

विद्यालयमा गरिने हरेक क्रियाकलापलाई सिकाइमा परिणत गरे शिक्षकको आधा काम घट्ने प्राज्ञ डाक्टर नेपालले बताए ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले “शिक्षक जिम्मेवार भएर नेपाली भाषाको अध्ययन अध्यापन गराए भाषा, साहित्यको संरक्षणमा टेवा पुग्ने” वताएका छन् । उनले विषयको सहज सिकाइका लागिआदर्श अनुकरणको माध्यम अपनाउनुपर्ने बताएका छन्।
ऐरावती प्रकाशन प्रालिका अध्यक्ष रामदेब पाण्डेले ऐरावती प्रकाशनले प्रकाशन व्यवसाय सेवामूलक भएकाले समग्र नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्नमा लागिपरेको बताए । उनले आफूले पाठ्यक्रममा आधारित रही बालमनोविज्ञानलाई ध्यानमा राख्दै पाठ्यपुस्तक तयार पार्ने गरेको बताएका छन् । कार्यक्रममा शिक्षासेवी अखिलकुमार कोइरालाले पनि सुभकामना मन्तव्य राखेका थिए ।
कनकाई नगरका सामुदायीक र संस्थागत बिद्यालयका ६० नेपाली विषयका शिक्षक शिक्षीकाको कार्यक्रममा सहभागिता थियो । डा देवी नेपाल र भट्टराईले नेपाली भाषा साहित्यको विषयमा विषय शिक्षक संग अन्तक्रिया गर्ने कार्यक्रम थाहा पाएपछि छिमेकी पालिकाको विद्यालयका शिक्षक पनि कार्यक्रममा सहभागि हुन आएका थिए ।
नेपाली भाषा साहित्यको उत्थान गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपरर्ने सहभागी शिक्षक शिक्षिकाले बताएका छन् ।
कनकाई प्याव्सन नगर समितिका अध्यक्ष विनोद सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विनोद उप्रतीले स्वागत र सचिव मोहन थापाले कार्यक्रमको सहजिकरण गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा काफ्ले र शर्माको उमेद्वारी

Read Next

नवज्योति च्यालेन्ज कप : बिर्तामोड युनाइटेड फाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *