मन्जिल नेपाल, दूधे / शिवसताक्षी नगरपालिकाको माइधारमा जारी नगर स्तरीय भेट्रान र अन्डर १५ युथ फुटबल प्रतियोगितामा वडा नम्बर ९ ले दुवै खेलमा जित हासिल गरेको छ।
केएनके खेलमैदानमा भएको खेलमा वडा नम्बर ७ लाई पाखा लगाए सगैँ वडा नम्बर ९ अघिल्लो चरण प्रवेश गरेको छ। अन्डर १५ युथ तर्फ वडा नम्बर ९ ले वडा नम्बर ७ लाई ३-१ को नतिजाले हराएको हो ।
वडा नम्बर ९ को जितमा कुसन बानियाँले दुई गोल गरे भने एक गोल वडा नम्बर ७ को तर्फबाट उपहारमा पायो। वडा नम्बर ७ को लागि सान्त्वना गोल रुबेन थापा मगरले गरे। खेलको म्याम अफ दि म्याच विजेता टिमका कुसन बानियाँ घोषित भए।
त्यस्तै वडा स्तरीय भेट्रान तर्फ पनि वडा नम्बर ९ ले जित निकालेको हो। १-० को जित हुँदा वडा नम्बर ७ का अर्जुन लिम्बूको पासमा बिनोद खरेलले गोल गरे। उनको यो गोल नै टिमका लागि निर्णायक बन्न पुग्यो।
भेट्रान खेलको म्यान अफ दि म्याच खलका एक मात्र गोलकर्ता वडा नम्बर ९ तर्फका बिनोद खरेल घोषित भए। यो सगैँ सोमबार भएको अन्डर १५ युथ तर्फ वडा नम्बर ४ ले वडा नम्बर २ लाई हराउदैँ अघिल्लो चरणमा प्रबेश गरेको छ।
त्यस्तै भेट्रान तर्फको खेलमा वडा नम्बर ४ र ५ को संयुक्त टिमलाई वडा नम्बरले २ ले हराएसगैँ वडा नम्बर २ अघिल्लो चरणमा प्रवेश गरेको हो ।
बुधबारको खेल अन्डर १५ युथ तर्फ वडा नम्बर १ र ५ बीच र भेट्रान तर्फ वडा नम्बर १ र २ बिच हुने आयोजक समितीका संयोजक राजकुमार बस्नेत ( सबिन) ले जानकारी दिएका छन् ।


