Girl in a jacket

कोशी प्रदेशको बजेट जेठ चौधमा आउने

विराटनगर / कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आह्वान गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले सोमबार गरेको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८०/०२/०८ गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० साल जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।’ प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापामा पोथी हात्ती मृत फेला, स्थानीयले गरे पूजा

Read Next

केएनके वडा स्तरीय फुटबल : दुवै खेलमा वडा नम्बर ९ विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *