Girl in a jacket

दूधे भेट्रानले गर्यो मनोजलाई सम्मान

मन्जिल नेपाल , दूधे / दुधे भेट्रान क्लबलाई हर तरहले सहयोग गर्ने मनोज नाल्बोलाई सम्मान गरिएको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दूधको होटल च्याङमा आयोजित एक कार्यक्रमका बिचमा उनलाई मगंलबार सम्मान सहित बिदाई गरिएको हो।
दुधे भेट्रान क्लबद्वारा आयोजना गरिएको दोस्रो कर्ण बहादुर नेम्बाङ स्मृति अन्तर्राष्ट्रिय भेट्रान कपलाई सम्पन्न गर्नका निमित्त शिवसताक्षी ९,दुधे निवासी दुधे भेट्रान क्लबका संरक्षकसमेत रहेका उनलाई सम्मान पत्र र दुधे भेट्रानको जर्सीले सम्मान गरिएको हो।
लामो समयदेखि हङकङमा रहेर नेपाल र नेपाली खेलप्रेमीहरुलाई हौसला दिदै आर्थिक सहयोग गरेको र उनको खेलप्रतिको लगावको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको दुधे भेट्रानका सदस्य जीवन गिरीले बताए।
नाल्वो छ महिना अगाडि हङ्कङ बाट नेपाल आएका हुन् । उनी पुन हङकङ फर्किने भएपछि एक भव्य समारोहका बिच सम्मान तथा बिदाइ गरिएको हो।
कार्यक्रमको अध्यक्षता दुधे भेट्रानका अध्यक्ष सन्तोष नेम्वाङले गरेका थिए भने कार्यक्रमको संचालन सचीव बिनोद खरेलले गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

केन्द्र सरकारकाे निर्णय बिर्तामाेड नगरले नटेर्ने

Read Next

आगलागीका पीडितलाई नेपाली कांग्रेसको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *