Girl in a jacket

रहिनन् पत्रकार माया पकुवाल

भद्रपुर/ झापाको भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको सोमबार विहान निधन भएको छ ।

केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलासिस भइरहेको थियो ।

ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् 

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

बेवारिसे झाेला भित्र पुरूषकाे खुट्टा र टाउको भेटियाे

Read Next

शिवसताक्षीमा उद्योग वाणिज्य संघको निर्वाचन : तीन दलिय गठबन्धनसंग एमाले एक्लै भिड्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *