Girl in a jacket

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

एजेन्सी / लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै ‘फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ ।

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले डि मारियाका लागि अर्को गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको अन्त्यमा पाउलो डिबालाले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए । 

दुई महादेशका च्याम्पियन टोलीबीच २९ वर्षपछि प्रतियोगिताको आयोजना गरिएको थियो । पछिल्लो पटक सन् १९९३ मा आयोजना गरिएको यो प्रतियोगितामा अर्जेन्टिनाले डेनमार्कलाई हराएको थियो । अर्जेन्टिना पछिल्ला ३२ खेलमा अपराजित रहेको छ । सन् २०१९ को जुन यता अर्जेन्टिनाले कुनै पनि खेल हारेको छैन ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापामा १७ दशमलव १८ प्रतिशत मत बदर

Read Next

त्यो कहालीलाग्दो जेठ १९ फेरि कहिल्यै नदोहोरियोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *