Girl in a jacket

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ।

७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले बताए । 

काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।  

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो । 

कमेन्ट गर्नुस्

admin

Read Previous

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, के हाे पाैराणिक कथन ?

Read Next

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राखिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *