Girl in a jacket

संखुवासभा हत्या घटना : शिवसताक्षीका नेम्वाङ सहित ५ प्रहरी अधिकृत पुरस्कृत

झिलझिले / सङ्खुवासभा मादी नगरपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धानमा संलग्न शिवसताक्षी नगरपालिकाका निवासी एक प्रहरी अधिकृत सहित ५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

सामूहिक हत्या घटना संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् ।

उनी पूर्वका हरेक शंकास्पद घटनामा अनुसन्धान गर्ने टोलीमा खटिने गरेका छन् । घटनाको अध्ययन अनुसन्धानमा निपूर्ण नेम्वाङ लामो समयदेखि सोही विधाको कर्मचारी फाँटमा कार्यरत छन् । पुरस्कृत हुने अन्य प्रहरी अधिकृतहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी, नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा छन् ।

उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (९ औं संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापाको कमलमा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

Read Next

खुकुरी प्रहार गरेर शिवसताक्षीमा महिलाको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *