माइधार / झापा क्षेत्र नम्बर ४ को एउटा मतदान केन्द्रमा मतदान प्रकृया स्थगित भएको छ । २ घन्टा देखि मतदान स्थगित भएको हो ।
शिवसताक्षी नगरपालिका– १० को बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित बनेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । सो मतदान केन्द्रमा समयमै मतदान सुरु भएको थियो ।
प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक तर्फको मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको नेपालले बताए । ‘अहिले सोही विषयमा सर्वदलीय छलफल भइरहेको छ,’ नेपालले सेतोपाटी संंग भने । प्रत्यक्ष तर्फको कति मत पत्र समानुपातिक तर्फकाे मतपेटिकामा खस्याे भन्ने विषयमा निरक्यौल भइसकेको छैन ।
मतदान अधिकृतको असावधानीका कारण समस्या भएको मतदाताले बताएका छन् ।