Girl in a jacket

बाेरा भित्रकाे बेवारिसे शवकाे यस्ताे हुलिया

झिलझिले / झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको शव आइतबार साँझ फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।

शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको र फ्रेन्च कट दाह्री भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । तीनदेखि चार दिन अगावै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको डीएसपी कुँवरले जानकारी दिए ।

मृतकले पुरा बाहुला भएको हल्का गुलाबी रंगको कमिज र बाक्लो ट्राउजर लगाएको उनले बताए । दाह्री र शरिरमा भएको रौँ हेर्दा शव क्षेत्रीबाहुन समुदायको हुनसक्ने उनको भनाई छ । आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

पाँचथरबाट दमक आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Read Next

शिवसताक्षीमा बाढी : सयौ घर डुवानमा, स्वास्थ्य केन्द्रमा पनि पानी पस्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *