Girl in a jacket

विपतमा सतासीधाम जेसिज : बाढी विस्थापित परिवारले पाए राहत


मन्जिल नेपाल, पाँचगाछी / शिवसताक्षीमा दुई दिन अघि आएको बाढीका कारण डुवानबाट विस्थापित परिवारलाई सतासीधाम जेसिजले राहत प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका संगको समन्वयमा राहत बितरण गरिएको सतासीधाम जेसिजले जनाएको छ ।
त्रिभुवन माध्यमिक विधालय पाँचगाछीमा रहेका विस्थापित परिवारलाई जेसिजले ५० थान तन्ना र त्यतिनै संख्याको झुल प्रदान गरेको दाता संस्थाका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
बाढीका कारण विस्थापित परेका परिवारलाई पुर्नस्थापनाका लागि सरकारले ठोस कदम चाल्नु पर्ने सतासीधाम जेसिजका वर्ष २०१८ का अध्यक्ष महेन्द्र भट्टराईले बताए । उनले भने, ‘ विपतमा पर्ने परिवारको पहिचान गरि समस्या आउनु अगावै समाधाम गर्न तीन तहकै सरकारलाई मेरो सुझाव छ ।’ भट्टराई नेपाल जेसिजको भिलेज कोअर्डिनेटर समेत हुन् ।
सतासीधाम जेसिजका अध्यक्ष ०२२ का अध्यक्ष अर्जुन भट्टराई, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष कुमार सिहसावाँ, राजकुमार बस्नेत (सबिन) सम्झना चापागाईँं, शक्तिमान थाम्सुहाङ, , दिपक पोख्रेल, विबेक ढकाल लगायतको सहभागिता थियो ।
विपतका बेला सतासीधाम जेसिजले समाजका लागि विभिन्न रचनात्मक काम गर्दे आएको छ ।
बाढी पीडितलाई प्रदान गरेको राहत नगरको एकद्धार प्रणाली अन्तर्गत वितरण भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

इन्दिराको अदम्य साहस : ऋण काढेर विस्थापित सुत्केरीलाई सहयोग

Read Next

बुद्धशान्तिमा मृत हात्ती भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *