Girl in a jacket

निम्बसले पनि सुरु गर्यो स्काउट कक्षा

झिलझिले / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित निम्बस इङलिस स्कूलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोलागि स्काउटसंग सम्बन्धित विषयको बारेमा जानकारी दिने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

झिलझिलेको वाटर किङ्डम पार्कको सभाहलमा आइतबार आयोजित कार्यक्रममा विद्यालयका कक्षा ५,६,७ र ८ मा अध्ययनरत १ सय १३ विद्यार्थी सहभागि थिए । अभिमुखीकरणमा नेपाल स्काउटका शिवसताक्षी नगर अध्यक्ष डिगम पराजुलीले नेपाल स्काउटले विद्यार्थीको माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए ।

‘नेपाल स्काउट नगरमा गठन भएपछि हरेक सामुदायिक तथा संस्थागत विद्यालयमा स्काउट कक्षा उत्साहाका साथ सुरु भएको छ ।’ विद्यालयको कक्षा कोठाबाट नगरका घर घरमा नेपाल स्काउटका हरेक गतिविधिहरु पुग्ने गरेको उनले बताए । नगर अध्यक्ष पराजुलीले भने, ‘स्काउटका गतिविधिले गाँउ, समाज र देशको विकासका लागि रचनात्मक सहयोग पुग्नेछ ।’

कार्यक्रममा शिवसताक्षी नगरपािलकाको शिक्षा शाखा प्रमुख छविलाल ढकालले विहान उठेर नेपाल स्काउटको गीत सुन्यो भने आफैलाई देशका लागि केही गरौं भने उत्प्रेरणा जाग्ने बताए । उनले भने, ‘ विद्यार्थी भाई वहिनीहरु विहानै उठेर सबैले स्काउट गीत सुन्नुहोस् , यसले सबैलाई राष्ट्रियता प्रति गहिरो भाव जाग्ने छ ।’

शिवसताक्षी नगरका निजी विद्यालयको छाता संगठन (प्याव्सन) अध्यक्ष रामप्रसाद सुहाङ, वडा नम्बर ८ का महिला वडा सदस्य रिता थापा लगायतका नगरका सामुदायिक तथा संस्थागत विद्यालयका स्काउट शिक्षकको सहभागिता थियो । निम्बस स्काउट ‘ट्रुुप’का संरक्षक राजु बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक सिवानी देवानले गरेकी थिइन् ।

निम्बस स्काउट ‘ट्रुुप’का संरक्षक विद्यालयका प्रिन्सीपल बुढाथोकीले विद्यालयमा स्काउटिङ कक्षा व्यवस्थित रुपमा संचालन गर्नका लागि स्काउट शिक्षक साथै समय समयमा बाह्य प्रशिक्षक विद्यालयमा झिकाएर वृहत अतिरिक्त कार्यक्रम संचालन गर्ने बताए ।
नगरका अधिकांस विद्यालयमा स्काउट सम्बन्धी कक्षा सुरु भएका छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : प्रदेश एकमा कुन दलकाे दाबी कहाँ ?

Read Next

सामान्य घटना असामान्य क्षति : साईकल र मोटरसाईकलबाट झरेर दुईको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *