Girl in a jacket

हेल्लो सरकारमा शिवसताक्षीका सर्वसाधरणको गुनासै छैन

शिवसताक्षी / प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत जनताको गुनासो सुन्न खोलिएको हेल्लो सरकार डेस्कमा झापाको शिवसताक्षी विरुद्ध एक वर्षमा ८ वटा मात्र उजुरी परेको छ । सर्वसाधरणले नगरपालिकाबाट पाएको सेवा सुविधाका विषयमा गुनासो छैन भन्ने यो संख्याले पनि पुष्टी गरेको छ ।

अधिकांस गुनासा सार्वजनिक सरोकारका छन् । सडकमा हेरालु विनाका चौपाया छोडेर तिनै चौपायाका कारणले हुने सडक दुर्घटनाको गुनासो हेल्लो सरकारमा परेको छ । तर, यो समस्या पालिकाले सम्बोधन गर्न भने सक्दैन । शिवसताक्षी नगरपालिकामा पर्ने पूर्व पश्चिम राजमार्गमा हेरालु विनाका चौपायाका कारण अधिकाँस सडक दुर्घटना हुने गरेको छ ।

पालिकाले यो विषयलाई भने सरोकारका अन्य निकाय संग समन्वय गरेर तत्काल समाधान गर्ने गरि पत्राचार गरेको पालिकाले जनाएको छ ।


नयाँ शासकीय संरचना बमोजिम तीनै तहका सार्वजनिक निकायहरूको कामकारबाहीका बारेमा प्राप्त हुने जनगुनासो हरूलाई सम्बोधन गर्न सरकारले विद्युतीय पोर्टल स्थापना गरेको थियो । तीनै तहका निकायहरू आबद्ध हुने गरी र सामाजिक सञ्जालबाट समेत प्राप्त हुने गुनासो सम्बोधनका लागि हेल्लो सरकार स्थापना भएको हो ।


वि सं २०७६ साल साउन १ गते बाटे गुनासो व्यवस्थापनको नयाँ विद्युतीय पोर्टल स्थापना गरेर सञ्चालनमा आएको थियो । विद्युतीय पोर्टलमा करिब तीन हजार सार्वजनिक निकायहरू आबद्ध गरी कार्यालय प्रमुख र कार्यालयले तोकेको गुनासो सुन्ने अधिकारीको नाम तथा सम्पर्क नम्बर समेतको विवरणको आधारमा संजालीकरण सरकारले गरेको छ ।

शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपाल भन्छन,‘पालिका विरुद्ध हेल्लो सरकारमा उजुरी नै पर्दैनन् । परेका ८ त एक वर्षका हुन्’।

सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा बञ्चित गरिएको, सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध र सार्वजनिक निकायको गैर कानुनी क्रियाकलापबाट कुनै पनि संस्था वा व्यक्तिलाई हानी–नोक्सानी भएका जस्ता सवालहरूका विषयमा गुनासो नआएको उनले बताए ।

‘जनताका गुनासा र सुझावहरूको उचित सुनुवाइ गरि शासकीय व्यवस्थामा सुधार गर्दै नागरिक मुखी प्रशासन व्यवस्था प्रवर्द्धन गर्नु हेलो सरकार शाखाको मुल उद्देश्य हो । तर गुनासो वा उजुरी छैन ।’ ‘गुनासो नहुनु भनेको पालिकाबाट हुने कार्यसम्पादन चुस्त दुरुस्त छ भन्न पालिकाको बुझाई हो,’ उनले भने ।

सेवाग्राही वा सर्वसाधरणले टोल फ्री नम्बर, फ्याक्स, ई-मेल, फेसबुक, ट्विटर, भाइबर, कार्यालयको गुनासो प्रणालीमा आबद्ध वेबसाइट, नागरिक एप बाट पनि गुनासो गर्न सक्छन् ।

विद्युतीय माध्यममा गुनासो पठाएर वा सम्पर्क गरेर, पत्र वा निवेदन पठाएर, कार्यालयमा आफैँ उपस्थित भएर पनि गुनासो गर्न सकिन्छ । सबैका हात हातमा एन्ड्रोइड मोवायल भएपनि गुनासो चै दुई हातका औंला जति पनि नभएको उनले बताएका छन् ।

आर्थिक वर्ष ०७८-०७९ मा शिवसताक्षी नगरपालिका विरुद्ध ८ वटा उजुरी परे । सडक सम्बन्धी ३, सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी १, विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा २, पुर्व पश्चिम राजमार्गका हेरालु विनाका चौपायाका विषयमा १ र प्रविधि सम्बन्धी १ वटा गुनासो थियो । ‘ति सबै गुनासो र उजुरीको फछ्र्यौट भइसकेको छ,’ हेल्लो सरकारका नोडेल अफिसर समेत रहेका पालिकाका प्रसाशन प्रमुख नेपालले भने ।

हेल्लो सरकारमा परेका उजुरीमाथि ९० प्रतिशत भन्दा कम सुनुवाइ गर्ने निकायलाई सरकारले यस अघि कारवाहीको चेतावनी दिएको थियो ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

फेरि मृत भेटीयाे हात्ती : मर्छनकी मारिन्छन् ?

Read Next

शिवसताक्षीका नगर प्रमुखकाे अर्काे छलाङ : दमकल खरिदकाे निर्णयपछि सडकका ढाट हटाउने

2 Comments

  • हेल्लो सरकारमा उजुरी पर्दैन , सबै चुस्त दुरुस्त छन् अरे , हास्नु की रिस पोख्नु । पहिले त्यो गरेको गुनासो को सही परिणाम त आउनु परियो नी अरु गुनासो गर्न । मैल 2078 साल फाल्गुन 12 गते गरेको गुनासोको सकरात्मक परिणाम अहिले सम्म आएको छैन । हेल्लो सरकारलाई ‘समस्याको समाधान भइसक्यो ‘ भनेर ढाँटेर चलेर फर्चियुट गरिएको मात्र छ । अहिले सम्म सामुदायिक विद्यालय ले विद्यार्थी हरुको ढाड सेकेर पैसा उठाइरहेको के नगरपालिका का सम्बन्धित व्यक्तिहरूलाई देखिरहेको छैन त । के साँच्चै नै न देखिएको हो कि देखेर न देखेको जस्तो गरेको हो । सोचे गुनासो गरे अब केही हद सम्म यस्तो लान्छनिय काम हुँदैन भनेको झन अझ बढी अब त कक्षा 6 देखि नै प्राइभेट जस्तै गरेर भर्ना शुल्क, परीक्षा शुल्क भनेर हरेक कक्षा को लागि रहेको छ। अब यसलाई तपाईं हरुले के भन्नु हुन्छ , गुनासो समधान भएको छैन नगरपालिका गुनासो रहित भयो भनेर भन्ने हाम्रो अधिकृत ज्यू लाई 🥺

  • र अर्को कुरा नगरपालिका ले नगर्नु पर्ने एउटा गलत काम पनि गरेको छ । गोपनीयता भंग गरेको छ। हेल्लो सरकार को नियम अनुसार गुनासो कर्ता को नाम सार्बजनिक गर्न न पाउने व्यवस्था भए ता पनि मेरो नाम सार्बजनिक भएको थियो विद्यालयमा। तर मलाई यसले केही फरक न पार्ने भएको ले मैले यसमा कुनै प्रतिक्रिया पनि जनाइन्। अब बाट यस्तो गल्ती हुनु हुँदैन । यसबाट थाह हुन्छ हाम्रो नगरपालिका कतिको लापरबाही छ भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *