Girl in a jacket

शिवसताक्षी २ का वडा अध्यक्षको यस्तो उद्घोष : सरकारी मोटरसाईकल नचढ्ने, आर्थिक सुविधापनि विपन्नलाई दिने

शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भिमवहादुर नेम्वाङ ।

मंगलबारे / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भिमवहादुर नेम्वाङले आफुले पाउँने सेवा सुविधा सामाजिक सेवामा समर्पित गर्ने बताएका छन् ।

जनप्रतिनिधिहरुले सरकारी सेवासुविधामा लालच देखाइरहेका बेला अध्यक्षले सवारीसाधनको सुविधा नलिने र पाँच वर्ष सम्म जनप्रतिनिधि भए वापत सरकारले दिने आर्थिक सुविधा पनि समाजसेवामै खर्च गर्ने बताए ।

साख गरि स्थानीय तहका जनप्रतिनिधिहरु गाडि र आर्थिक सुविधा लिन लिप्त भइरहेकै बेला वडा अध्यक्ष नेम्वाङले वडाबासीले लगाएको गुन तिर्न आफुले पाउने सुविधा वडाबासीकै लागि खर्च गर्ने बताए ।

सताक्षी न्युज संगको विषेश कुराकानीमा उनले जनप्रतिनिधि भएपछि आफुले पाउने आर्थिक सुविधा समाजसेवामा लगाउने घोषणा गरे ।

‘हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्ने पठाएका हुन् । अबको पाँच बर्ष सम्म नेपाल सरकार बाट पाउने जे जति सेवा सुविधिा छन, सवै वडामा रहेको सामाजिक संघ सस्था, विद्यालय, असाहाय र विपन्नको जिवन स्तर उकास्नका लागि दामासाहिले प्रदान गर्ने छु,’ उनले भने ।

‘म वडाका सबै नागरिकको साझा ब्यक्ति हुँ । उहाँहरुले मलाई जनताको सेवक भएर काम गर्न मत दिएर वडा अध्यक्षको रुपमा विजयी गराउनु भयो । अब मैले गर्ने काम भनेकै उहाँहरुको सेवा हो,’ वडा अध्यक्ष नेम्वाङले भने । ‘ उहाँहरुको सेवा गर्न मैले लिएर होइन दिएर गर्ने प्रण गरेको छु ।’

वडा अध्यक्ष नेम्वाङले नगरपालिकाबाट मोटर साईकल सुविधा पनि लिएका छैनन् । ‘आफ्नै मोटर साईकल छदै छ । किन सरकारी मोटरसाईकल चलाउने,’ उनले भने ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

Read Next

कमल खोलामा बाँसको पाईलिङ (भिडियाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *