Girl in a jacket

भुक्तानी मेरो कारणले रोकिएको होइन— लेखा अधिकृत योङहाङ

शिवसताक्षी / शिवसताक्षी नगरपालिकाको आर्थिक प्रशासन शाखामा विलम्ब गरेर विषयगत शाखाबाट फायल आएका कारण आर्थिक वर्षको अन्त्यमा केही फायल फर्स्यौट नभएको नगरका लेखा अधिकृत प्रकाश योङहाङले बताएका छन् ।

आर्थिक वर्ष ०७८÷०७९ को असार मसान्तमा फर्रयौट हुनुपर्ने केही फायल तोकेको समय भन्दा ढिलो गरि आर्थिक प्रसाशन साखामा आएकाले ति फायल फरस्यौट नभएको उनले बताए । नगरपालिकाको आर्थिक प्रसाशन साखाले सूचना प्रकाशित गर्दे असार १९ गते सम्ममा भुक्तानी लिनका लागि वडा कार्यालयलाई पत्राचार गरेको थियो ।

यस्तै नगरका अन्य साखाका लागि असार २१ गते सम्म फायल आर्थिक प्रसाशन साखामा बुझाउन पत्राचार गरेको थियो । तर, असार २५ पछि ति फायल आएकाले भुक्तानी सुत्र (सफ्टवेयर)संघ सरकारले बन्द गरेका कारण भुक्तानी पाउनुपर्ने लाभग्राहीले नपाएको लेखा अधिकृत योङहाङले बताए । संघ सरकारले मुलुकभरका स्थानीय तहको आर्थिक प्रशासन साखालाई भुक्तानीका लागि असार २५ गते राती १२ बजे सम्मको मात्र समय सिमा दिएको थियो ।
लेखाले राती ३ बजे सम्मपनि काम गरेर सशर्त अनुदानबाट संचालन भएका योजनाका फायल फरस्यौट गरेको छ । तर, विलम्ब गरि आफनै कार्यालयका फायल आर्थिक प्रसाशन साखामा आएकाले भुक्तानी रोकिएको हो । उनले भने, ‘यो मेरो व्यक्तिगत कारणणले होइन ।’

असार २५ पछि आर्थिक प्रसाशन साखामा भुक्तानीका लागि आएको फायल ।

उनका अनुसार संघ र प्रदेश सरकारबाट आएको ससर्त अनुदानका रकमका सबै फायल फरस्यौट भएका छन् । आन्तरिक श्रोतबाट खर्च हुने करिव ७० वटा फायलको भुक्तानी रोकिएको उनले जानकारी दिए । कतिपय ठेक्काबाट ंसंचालनमा आएका योजना भने पालिकाले अपेक्षा गरेको भन्दा कम काम भएकाले भुक्तानी रोकिदिएको उनले सताक्षी न्युजलाई बताए । ‘भुक्तानी रोकिएका सबै फायल असार २५ पछाडी आएपछि ति फायल पेण्डिङमा परेका हुन्,’ उनले भने ।

‘ठेक्कामा संचालन भएको योजना कामको अनुपातमा भुक्तानी दिने दिने हो । संझौता अनुसारको योजना संचालन नभएपछि निर्माण व्यवसायीका फायलको भुक्तानी पालिकाले रोकेको हो । यसमा आर्थिक प्रसाशन साखाको के दोस ?’ लेखा अधिकृत योङहाङले भने ।

नगरको आर्थिक प्रसाशन साखामा असार ३१ सम्मपनि फायल आएका छन् । भुक्तानी सुत्र बन्द भएपछि ति फायल साखामा पेण्डिङमा बसेको उनले बताए । नगरमा नयाँ जनप्रतिनिधि आएपछि संचालन भएका कतिपय कार्यक्रमका भुक्तानी पनि रोकिएका छन् । यी फायलहरुको लेखा खुलेपछि भु्क्तानी हुने छन् ।

झापाका अधिकांस पालिकामा पनि असार मसान्त भित्रमा भुक्तानी पाउनु पर्ने फायलको लाभ ग्राहिले भुक्तानी पाएनन् । मेचीनगर, कनकाई, दमक, गौरिगञ्ज लगायतका पालिकाको आर्थिक प्रसाशन साखाले पनि भुक्तानी सुत्र (सफ्टवेयर) बन्द भएका कारण भुक्तानी दिन सकेन ।

लेखा अधिकृत योङहाङले आर्थिक प्रसाशन साखासंग जोडिएका नगर भित्रका कार्यक्रममो सहभागि हुने गरेको पनि बताएका छन् । असम्बन्धित कार्यक्रममा सहभागी भएका कारण फायल पेण्डिङमा रहेको आरोप झुटो भएको उनले जानकारी दिए । आर्थिक प्रसाशन साखासंग जोडिएका अन्य नगरले संचालन गरेका आयोजनामा आफुले समय नदिएको र आफुलाई फुर्सद पनि नभएको उनले जानकारी दिएका छन् ।

नगरमा नयाँ मोटर साइकल खरिदको विषयमा उनले आठौं नगरसभाबाट अनुमोदित बजेटलाई टेण्डर प्रकृयाद्धारा खरिद भएको स्पस्ट पारेका छन् । नगरमा प्रमुख प्रसाशकीय अधिकृत आउनु अगावै ति मोटर साईकल खरिद भएको थियो ।

आर्थिक वर्ष ०७८/०७९को भुक्तानीका लागि समय सिमा तोकिएको पत्र ।
कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा बेथितिको चाङ : अधिकृतलाई साढे चार लाखको मोटरसाईकल

Read Next

वडा अध्यक्ष फेवादिन नेतृत्वको पहिलो बैठकको निर्णय कार्यान्वयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *