Girl in a jacket

वडा अध्यक्ष फेवादिन नेतृत्वको पहिलो बैठकको निर्णय कार्यान्वयन

समवेदना पत्र सहित नगद पाँच हजार बुझाउँदै शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेवादिन लगायत वडाका जनप्रतिनिधि र कर्मचारी । तस्बिर: विनोद सापकोटा/ सताक्षी न्युज ।

झिलझिले / कतिपय जनप्रतिनिधिले सार्वजनिक सभा समारोहमा भाषण गर्ने, महत्वकाक्षी कुरा गरेर जनमत बटुल्नका लागि निर्णय पुस्तिकामा लेख्ने तर कार्यान्वयन नगर्ने हाम्रो समाजमा परम्परा छ ।
अझ, निर्वाचनताका मतदातालाई दिएको आश्वसन पुरा हुने त कुरै छोर्डौ । महत्वकांक्षी कार्यक्रम निर्णय गरेर चर्चामा आउने जनप्रतिनिधिको पुरातन सोचलाई भने तोड्दै शिवसताक्षी नगरपालिका ८ नम्बर वडाले भने उदाहरण बनेर देखाइदिएको छ ।
शिवसताक्षी नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि उनिहरुले गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । वडा अध्यक्ष सन्तकुमार फेवादिनले पहिलो बैठकमै भनेका थिए । ‘जुन विषय बस्तुलाई निर्णयार्थ छलफल गरेर लिपिबद्ध गरिन्छ । अक्षरस कार्यान्वयन पनि गर्नुपर्छ ।’
वडा कार्यपालिकाले आर्थिक वर्ष ०७९-०८० मा जनप्रिय कार्यक्रम बनाएर वडा कार्यपालिकामा पेस गरेको थियो । असार १० गतेको नगर सभाले वडापालिकाबाट सिफारिस भएर नगरमा पेस भएका सतप्रतिशत कार्यक्रम बजेट पुस्तिकामा सूचिकृत गर्यो । यो वर्ष वडाले जन्म देखि मृत्यु सम्मका संस्कार गर्न जनप्रिय कार्यक्रम संचालन गर्ने बजेट पुस्तिकामा उल्लेख छ ।
वडा अध्यक्ष सन्तकुमार फेवादिन लगायतका जनप्रतिनिधिको पहिलो बैठकले वडामा प्राकृतिक मृत्यु भएका वडाबासीका परिवारलाई नगद ५ हजार दिने पहिलो निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वय गर्दे वडा अध्यक्ष फेवादिन लगायतका जनप्रतिनिधि बुधबार मृतकको घरैमा पुगेर आफन्तलाई नगद ५ हजार प्रदान गरे ।
स्थानीय विष्णुमाया कडरियाको गएको साउन १ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । मृतकका परिवारले वडा पालिकाबाट पाउने राहत मृतकका ज्वार्इँ कपिलमणि पाख्र्रेलले बुझेका थिए ।
यो कार्यक्रम नगरमा नयाँ हो । वडाको ७० लाख सिलिङ बजेट मध्येबाट चालु आर्थिक वर्ष ०७९-०८० देखी यो कार्यक्रम वडामा संचालित हुने वडा अध्यक्ष फेवादिनले बताए । वडाले नगद सहित परिवारका सदस्यलार्य परेको चोटको सहन गर्न सक्ने समवेदना पत्र पनि दिने गरेको वडा सचिव पुष्पलाल पाण्डेले बताए ।
मृतकका परिवारलाई परेको दुख सहन गर्न र भविष्यमा स्मरण गर्न समवेदना पत्र महत्वपुर्ण दस्तावेजका रुपमा राखिने मृतकका आफन्त कपिलमणी पोख्रेलले बताए । ‘वडा ले दिएको समवेदना पत्रलाई महत्वपुर्ण दस्तावेजका रुपमा राखिन्छ,’ पोख्रेलले भने ।
उक्त कार्यक्रममा वडा पालिकाका सदस्य ज्ञानप्रसाद लुईटेल, विवेक थिंङ, रीता तामाङ र टिकामाया विश्वकर्मा सहभागि थिए । यस्नै नेपाली कांग्रेसका नेता पर्शुराम ढुँगाना, झिलझिले माध्यमिक विद्यालयका शिक्षक प्रेम खड्का लगायतका समाजसेवीको पनि सहभागिता थियो ।
वडाले यो आर्थिक वर्ष देखि वडाका विद्यालयबाट एसईई उतिर्ण गरि कक्षा ११ मा वडा भित्रकै सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई ३ हजार प्रोत्साहन वापतको अध्ययन खर्च दिने पनि निर्णय गरेको छ । यस्तै वडा भित्रका संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्रालाई पनि २ हजार प्रोत्साहन वापतको रकम दिने निर्णय गरेको छ ।
शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८ मा सामुदायिक तर्फ झिलझिले माध्यमिक विद्यालय र संस्थागत विद्यालय तर्फ पशुपति अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

भुक्तानी मेरो कारणले रोकिएको होइन— लेखा अधिकृत योङहाङ

Read Next

धान खेत बाढीले बगर बनाएपछि वडा अध्यक्षको पहलमा पाइलिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *