Girl in a jacket

शिवसताक्षीमा भोलि देखि फुटवल : उद्घाटनका दुई खेल हुने

विर्तामोड नगरपालिकाले गतवर्ष आयोजना गरेको प्रतियोगिताको उपाधि हात परेपछि सहकर्मी संग खुसी बाढ्न अघि बढ्दै शिवसताक्षी नगरपालिकाका प्रमुख लेखा अधिकृत प्रकाश योङहाङ । तस्बिर सौजन्य : दीपक तामाङ्ग ।

झिलझिले / झापाको शिवसताक्षी नगरपालिकामा १५ स्थानीय तहका कर्मचारी स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भोलि ९शुक्रबार० देखि सुरु भएको प्रतियोगिता फागुन २१ गते समापन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा झापाका पन्ध्रै स्थानीय तहको सहभागिता हुनेछ । शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा हुने प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले गर्ने छन् । उद्घाटनका दुई खेल हुनेछन् । पहिलो खेल आयोजक शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिका बिच हुने छ ।

शिवसताक्षी नगरपालिका साविकको विजेता पालिका हो । अर्को खेल ४ बजे अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका बिच हुने शिवसताक्षी नगरका जिन्सि शाखा प्रमुख दीपक तामाङले बताए ।

प्रतियोगिताका विजेताले नगद ५५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ३५ हजारसहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

दुधेमा आयोजना हुने प्रतियोगिता पाँचौं संस्करणको हो । पहिलो संस्करणको प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको थियो भने त्यसको विजेता कन्काई नगरपालिका ले दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको थियो ।

कनकाई नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको थियो । उक्त उपाधी हत्याउने भद्रपुर नगरले तेश्रो संस्करणको आयोजना गरेको थियो । भद्रपुरमा भएको प्रतियोगिताको उपाधी बिर्तामोड नगरपालिका ले जितेको थियो ।

बिर्तामोड नगरपालिका ले चौथो संस्करणको प्रतियोगिता आयोजना थियो । सो प्रतियोगिताको प्रतियोगिताको उपाधी शिवसताक्षी नगरपालिकाले हत्याएपछि पाँचौं संस्करणको आयोजना पनि शिवसताक्षी नगरपालिकाले गरेको हो ।

यो प्रतियोगिताको उपाधि जसले रक्षा गर्यो आउँदो वर्षको आयोजना पनि सोही पालिकाले गर्ने आयोजक पालिकाले नियम बनाएको छ । पालिका कर्मचारीहरुबीच एकआपसमा भाईचारा, समन्वय, सहयोग र सद्भाव कायम राख्नका लागि वर्षेनी प्रतियोगिता हुने गरेको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रधानमन्त्री देउवा र ओलीको छलफल सकियो, गठबन्धन लगभग टुटेको गगन थापाको भनाइ

Read Next

दोमुखामा भीषण आगलागी, दुईजना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *