Girl in a jacket

बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

कनकाई /झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्।

घरमा पार्किङ गरेर राखेको मे१त ७५४९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।

घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मकैमा पानी लगाउन कुलाेमा गएका किसानकाे हात्तीले लियाे ज्यान

Read Next

जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

Leave a Reply

Your email address will not be published. Required fields are marked *