Girl in a jacket

सुरुङामा पुस सत्रदेखि एक नम्बर प्रदेश स्तरीय भलिबल हुने

सुरुङा / झापाको सुरुङामा प्रदेश १ पालिका स्तरीय कनकाई कप भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो चरण लिग हुने छ । त्यसपछि नकआउट चरणको खुल्ला भलिबल प्रतियोगिता संचालन हुने प्रतियोगिताको मुख्य आयोजक सुरुङा जेसिजले जानकारी दिएको छ ।

सुरुङ्गा जेसीजलाई स्थानिय रोटरी क्लव अफ सुरुङ्गाले पनि प्रतियोगितामा साथ दिने भएको छ । सह–आयोजकको जिम्मेवारी पाएको रोटरीले प्रतियोगिता संचालनका लागि तयारी सुरु गरेको छ । पुष १७ गते देखि सुरु भएर २१ गते प्रतियोगिता समापन हुने आयोजक समितिका खेल संयोजक विवेक शिवाकोटीले बताएका छन् ।

प्रतियोगितामा प्रदेश १ का उत्कृष्ट ६ वटा पालिकाको भलिबल टिमले सहभागिता जनाउँने सुरुङ्गास्थित होटल डिलाईटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक सुरुङ्गा जेसीजले जानकारी गराएको छ ।

सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा संचालन हुने प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका, झापाका दमक, भद्रपुर, कनकाई नगरपालिका र झापा गाउँपालिकाको तर्फबाट खेलाडीहरुले सहभागीता जनाउने खेल संयोजक शिवाकोटीले बताए ।

खेलको आकर्षण बढाउन हरेक पालिकाले पालिका बाहिरका ३–३ जना खेलाडीलाई समाबेस गर्नु पर्ने नियम बनाएको छ । जस अनुसार यस प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागीता हुन सक्ने अनुमान गरिएको छ । प्रतियोगितमा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ नगद, दोस्रो हुने टिमलाई ५१ हजार १ सय ११, तेस्रो हुने टिमलाई २५ हजार ५ सय ५५ रुपैयाँ, प्रमाण–पत्र र मेडल प्रदान गरिने आयोजक समिति सुरुङ्गा जेसीजका वातावरण संयोजक राजु पाठकले जानकारी दिए ।

खेल सम्पन्न गर्न ९ लाख १६ हजार ७ सय ७७ रुपैंयाँ खर्च अनुमान गरिएको छ भने खेलप्रति युवाहरुलाई प्रोत्साहन गर्ने उद्येश्यले स्थानीय सरकार कनकाई नगरपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजकका रुपमा रहेको नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. ले १ लाख ५० हजार प्रायोजन गर्ने भएको छ ।

सह—प्रयोजकका रुपमा मेचीनगरका नरेन्द्र मेचे रहेका छन् । प्रथम पुरस्कारको राशी युवा व्यवसायी विकाश प्रसाईंले आफ्नो भाइ स्व. विनोद प्रसाईँको स्मृतिमा प्रायोजन गर्ने पक्का भएको सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा) ले जानकारी दिएकी छन् । प्रतियोगिताको तेस्रो पुरस्कार गैरआवासीय नेपालीहरुको संस्था एनआरएनका आशिष संग्रौलाले प्रायोजन गर्ने भएका छन् ।

विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने भएको छ । यस अघिको वर्ष पहिलो संस्करणका रुपमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको जेसीजले आफ्नो वार्षिक कार्यक्रमका रुपमा यस बर्ष प्रदेश १ को पालिका स्तरिय भलिबल खेल संचालन गर्ने भएको हो । आगामी बर्षहरुमा पालिका हँुदै जिल्ला, प्रदेश , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रयोगिता गराउने लक्ष्य रहेको सुरुंगा जेसीका पूर्व अध्यक्ष जविन तिम्सिनाले बताए ।

सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा) को सभापतित्व एवम् महासचिव मेनुका उप्रेतीले संचालन गरेको पत्रकार भेटघाट कार्यक्रममा सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला पोखरेल, भलिबल संघ प्रदेश १ का सचिव लेखनाथ पराजुली, प्रतियोगिताका निर्णायक संयोजक खडानन्द खतिवडा, प्रथम पुरस्कारका प्रायोजक विकास प्रसाईँ, गीनीज पब्लिकेशनका प्रदेश १ प्रमुख प्रेमप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जेसीज अध्यक्ष उप्रेतीले खेलसँगको सुरुङ्गा जेसीजको सम्बन्धका बारेमा थप प्रष्ट पारेकी थिइन् ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

एमाले झापाकाे अध्यक्षमा चार आकाङ्क्षी

Read Next

दमकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *