Girl in a jacket

केएनके वडा स्तरीय फुटबल : दुवै खेलमा आयोजक माथि वडा नम्बर ८ हाबी

मन्जिल नेपाल, दूधे / शिवसताक्षी नगरपालिकाको माइधारमा जारी नगर स्तरीय भेट्रान र अन्डर १५ युथ फुटबल प्रतियोगिताको आइतबार भएको दुवै खेलमा वडा नम्बर ८ बिजयी भएको छ।

केएनके खेलमैदानमा भएको अन्डर १५ को खेलमा आयोजक (निलो) वडा नम्बर १० लाई ट्राइब्रेकरमा पाखा लगाउदैँ वडा नम्बर ८ अघिल्लो चरण प्रवेश गरेको छ।

आज भएको खेलमा अन्डर १५ युथ तर्फ आयोजक वडा नम्बर १० र वडा नम्बर ८ को निर्धारित समयमा एक एकको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा ३-० को नतिजाले वडा नम्बर ८ पहिलो चरणबाट अगाडि बढेको छ।

खेलको म्यान अफ दि म्याच वडा नम्बर ८ का गोलरक्षक पासाङ तामाङ घोषित भए।

त्यस्तै भेट्रान तर्फको खेलमा पनि आयोजक माथी वडा नम्बर ८ हाबी बन्न पुग्यो। आयोजक (निलो) लाई ५-० को नतिजाले पाखा लगाउदैँ वडा नम्बर ८ भेट्रान पनि अघिल्लो चरण पुग्न सफल भएको हो।

वडा नम्बर ८ भेट्रानको जितका लागि केसन्त सेर्मा (लिम्बू) ले दुई र बिक्रम नेम्वाङ, अनिल समाम्फेले समान एक एक गोल गरे भने खेलमा पाएको पेनाल्टी सुटमा बमबहादुर राइले एक गोल गरेर वडा नम्बर ८ को जित सुनिश्चित गराएका हुन्।

भेट्रान खेलका म्यान अफ दि म्याच विजेता टिमका केसान्त सेर्मा घोषित भए । दुवै खेलको म्यान अफ दि म्याच पुरस्कार प्रमुख अतिथि रामप्रसाद सुहाङको हातबाट प्रदान गरिएको थियो।

प्रतियोगितामा भेट्रानतर्फ विजयी टिमले नगद ४१ हजार र उपविजेता टिमले २६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै, अन्डर १५ तर्फका विजेता टिमले नगद २१ हजार र उपविजेता टिमले १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुस्

admin

Read Previous

केएनकेमा वडा स्तरीय फुटबल सुरु : अन्डर १५ वडा नम्बर ११ र भेट्रान वडा १० विजयी

Read Next

झापामा पोथी हात्ती मृत फेला, स्थानीयले गरे पूजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *