Girl in a jacket

कनकाईका मेयरले आफू चढ्न किनेको गाडी प्रहरीलाई दिए

सुरुङ्गा / देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्।

मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तानतरण गरेका हुन्।

नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको जिउधनको सुरक्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रहरीलाई दिएको बताए। मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टाइएको ५० लाख रुपैयाँ रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।

‘सुरुङ्गा प्रहरीलाई नगरपालिकाले यसअघि भाडामा लिएको गाडी प्रदान गरेको थियो,’ नगर प्रमुख पोखरेलले भने, ‘प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर प्रहरीलाई सर्वसाधारणको सुरक्षाका लागि प्रदान गर्दा नगरपालिकाको व्ययभार अधिक भएकाले आफूले चढ्ने गाडी प्रदान गरिएको हो।’

इलाका प्रहरी कार्यालय सुरुङ्गासँग सर्वसाधारण नागरिकलाई सुरक्षा दिन प्रयोग हुने गाडी पुरानो भएका कारण प्रहरीलाई दिइएको उनले बताए।

प्रहरी र सुरक्षामैत्री नगरपालिका भएका कारण नगरवासीको जिउधनको सुरक्षाका लागि प्रहरीलाई काम गर्न सजिलो भएको प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराले बताए ।

कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन।

नगरप्रमुख पोखरेलले घरबाट कार्यालयसम्म जानका लागि साइकल र मोटरसाइकल प्रयोग गर्ने बताएका छन्। सर्वसाधारणको काम लागि कार्यालय बाहिर जानुपरे आफ्नो निजी गाडी प्रयोग गर्ने बताए। उनले भने, ‘नगरपालिकामा अर्को पनि गाडी छ, विशेष काम परे त्यो गाडी पनि प्रयोग गर्न सकिन्छ।’

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको उक्त बोलेरो कन्काई नगरपालिकाले खरिद गरेको हो । स्थानीय तहले भन्सार कार्यालयबाट आवश्यकताअनुसार किन्न चाहेमा यस्ता गाडीहरु सस्तो मूल्यमा खरिद गर्न पाउने कानुनी प्रावधान छ । नगरप्रमुख पोख्रेलका अनुसार ७ लाख रुपैयाँमा उक्त गाडी नगरपालिकाले खरिद गरेको हो ।

नगरपालिकालाई भन्दापनि नगरवासीलाई सुरक्षा दिनकालागि गाडी आवश्यकता भएकोले प्रहरीलाई प्रदान गरिएको नगरप्रमुख पोखरेलले बताए । उक्त गाडीको नम्बरका लागि यातायात व्यवस्था कार्यालय बिर्तामोडमा प्रक्रियाअघि बढेको कनकाई नगरपालिकाले बताएको छ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

सस्तिएको शहीद शब्द: संख्या बढ्यो मान बढेन

Read Next

सतासीधाम जेसिजको पद हस्तान्तरण आज, नन्दकिशोरलाई नागरिक अभिनन्दन गरिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box