Girl in a jacket
  • February 27, 2021

शिवसताक्षीमा ४५ दिने ढाका बुनाई तालिम सुरु

शिवसताक्षी / झापाको शिवसताक्षी नगरपालिकामा ४५ दिने ढाका बुनाई तालिमको सञ्चालनमा आएको छ ।

शुक्रबार नगरको वडा नम्बर ७ स्थित लालझोडामा गोपाल गौरी दिगो विकास संस्थाको आयोजनामा ४५ दिने ढाका बुनाई तालिमको उद्घाटन गरिएको हो । तालिमा मार्फत वडाका महिलाहरुलाई सीप सिकाई उद्यमी बन्न मद्धत मिल्ने संस्थाकी अध्यक्ष ईन्दिरा गौतमले जानकारी दिइन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को सहयोगमा आयोजित कार्यक्रममा वडा नम्बर ७ की वडा सदस्य बिर्खमाया कार्की, गोपाल गौरी दिगो बिकास प्रतिष्ठान शाखा कार्यालय झापाकी सदस्य निर्मला प्रधान, नरमाया कार्की, लगायतको सहभागिता रहेको थियो । प्रतिष्ठानले विभिन्न महिलाहरुका लागी सीप मुलक तालिम तथा अपाङ्ग–सहारा विहीन व्यक्तीहरुलाई बितरणमुखी कार्यक्रमहरु समेत गर्दै आएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रतिनिधिसभा विघटनको फैसला कहिले ?

Read Next

प्रतिगमन बिरुद्ध सडकमा ओर्लिए मेचीनगरका युवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box