दुधे/ झापाको शिवसताक्षी नगरपालिका स्थित दुधे शिवगञ्ज भित्री सडक खण्डमा मालबहाक ट्रकको ठक्करबाट बिहीबार बिहान ११ बर्षीय बालकको घटना स्थलमै मृत्यु भएको छ ।
शिवगञ्जबाट दुधे तर्फ आँउदै गरेको मे १ ख ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानिय धनबहादुर राईको ११ बर्षीय छोरा भिम राईको घटना स्थलमै मृत्यु भएको हो ।
उक्त सडकखण्ड अन्तर्गत शिव चोकमा साइकलमा सवार बालकलाई उक्त ट्रकले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । झिलझिले ट्राफिक प्रहरी पोष्टका इन्चार्ज गणेश श्रेष्ठ अनुशार मृतक राई साइकलमा सवार थिए ।
दुर्घटना गराउने ट्रक र सोका चालक मेचिनगर वडा नं. १० बस्ने जिवन लामालाई इलाका प्रहरी कार्यलय झिलझिलेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।