Girl in a jacket

दम, प्रेसर र सुगरबाट पीडित कोरोना संक्रमितको मृत्यु, शिवसताक्षीमा मृतकको संख्या १२ पुग्यो

शिवसताक्षी/ झापाको शिवसताक्षीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय ठकुरीका अनुसार वडा नम्बर ९का ७४ वर्षिय बृद्धको शुक्रबार राती होम आईसोलेशनमा मृत्यु भएको हो ।

दम, सुगर, प्रेसर, जस्ता दीर्घरोगले पीडित रहेका वृद्धको पुस २ गते स्वाब संकलन गरी नोवेल अस्पतालमा पीसीआर गरिएको थियो । शुक्रबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

संक्रमित वृद्धको फोक्सो, मिर्गौला लगायतका अङ्ग निष्क्रिय हुन थालेपछि संक्रमित बृद्धलाई अस्पताल प्रशासनले सुरक्षा मापदण्ड अपनाएर घरैमा लैजान भनेको थियोे । उनको शुक्रबार राति नौ बजे निधन भएको हो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबलाई हिन्दु परम्पराअनुसार कनकाई माईमा अन्त्येष्टि गरिने परिवार श्रोतको भनाई उध्रित गर्दै शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यो संगै शिवसताक्षी नगरमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

परिवारको स्वीकृतीमा मृतकको नाम र ठेगाना सार्वजनिक गरिएको हो । सम्पादक

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा तरकारी खेती : फलाउने बिद्यार्थी, किन्ने अभिभावक

Read Next

झिलझिलेको वाटर किङडम पार्क खुल्यो, फोटो खिच्नेको घुइँचो (तस्बिर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box