Girl in a jacket

झापामा बाढी: विरिङ नदी गाँउ पस्दा २० घर डुबानमा

झापा / झापाको विरिङमा आएको बाढी मानव बस्तीमा पसेको छ। झापा गाउँपालिकाको वडा नम्बर ५ खयरबारीमा बाँध फुटाएर कनकाई पछिको ठूलो नदी गाँउ पसेको हो। 

नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालका अनुसार नदीले धमाधम बाँध भत्काइदिएको छ। २० घर डुबानमा परिसकेको उनले बताए। अन्य आसपासको बस्ती पनि उच्च जोखिममा छ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन्। कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्न लागेको छ।

जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण जल सतह बढेको छ। यस्तै, माछा पोखरीको पानीमा डुबेर झापाको भद्रपुरमा एक जनाको शनिबार बिहान मृत्यु भएको छ। 

वडा नम्बर ९ का ६५ वर्षीय धनसिंह राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

माछा पोखरीमा डुबेर बृद्धको मृत्यु

Read Next

विदेशमा भने जस्तो काम नपाउँदा पठाउने एजेन्टको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *