Girl in a jacket

पूजा सामाग्री उत्पादन गर्ने कृषि फर्मको मन्त्रीले गरे अवलाेकन

दमक / प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पूजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गरेका छन् ।

उनले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदैँ नमुना काम रहेको पाएको बताएका छन् । यहाँहरुले गरेको काम फरक र नमुना छ, मन्त्रि दर्लामीले भने ।

दिब्य दृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि. को पुजा सामाग्री उत्पादन स्थलमा बुधबार मन्त्रि मगर पुगेका हुन् । पूजा सामाग्रीहरुमा अधिकाँश कृषि उत्पादनहरुको प्रयोग हुँदो रहेछ र यो फरक किसिमको काम देखेर खुसी लाग्यो, मन्त्रि मगरले भने ।

पूजा सामाग्रीको रुपमा प्रयोग हुने तील, जौ लगायतका सामाग्रीहरु उत्पादनको बिषयमा पनि उनलेले चासो राखेका थिए । यहाँका किसानहरुलाई जोडेर के गर्न सकिन्छ भन्ने बिषयमा पनि सोच्नु होला भन्ने मन्त्रि मगरको भनाई थियो ।

पूजा सामाग्रीमा शुरुवातमा पूर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नव ग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्री, नेपालको पहिलो उत्पादन परिमल,  गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुप  लगायतका सामाग्रिहरु यहाँ उत्पादन तथा प्रशोधन र प्याकेजिङ हुँदै आएको छ ।

फर्मका सञ्चालक यज्ञप्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले फर्मको बिषयमा जानकारी गराउदैँ प्रत्यक्ष र अप्रत्यक्ष गरी ५० भन्दा बढिले रोजगार पाइरहेको जानकारी दिए। गाै मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप काम भइरहेको समेत सो अवसरमा फर्मका सञ्चालकहरुले जानकारी गराउदैँ यसमा सहयोग गर्नका लागि आग्रह गरेका थिए ।

पुजा सामाग्रीको रुपमा प्रयोग हुने घर आँगनमा पाइने दुबो, कुश, अपमार्ग जस्ता सामाग्री समेतमा पर निर्भर हुनुपर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न संचालकले प्रदेश सरकारसंग माग गरेका छन्।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापा- १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्‌दिनँ : विश्वप्रकाश शर्मा

Read Next

झापा ४ मा कांग्रेसबाट चौलागाईंको चर्चा

Leave a Reply

Your email address will not be published. Required fields are marked *