झापा / झापाको झिलझिलेमा भएको सवारी दुर्घटनामा परेकी अर्की घाइतेको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
योसँगै मंगलबार बिहान शिवसताक्षीको झिलझिलेमामा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतक दुवैजना मोटरसाइकलमा सवार थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १- ०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकलमा सभार सुनसरी चक्रघट्टी का २९ वर्षीय ज्ञानेन्द्र तामाङ र इटहरी ५ बस्ने वर्ष २६ कि सलिना राईको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुवैजनाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ६०९८ नम्बरको साइमन यातायातको यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना सख्त घाइते भएका थिए ।
यात्रुबाहक बसले अर्को बस लाई उछिन्ने क्रममा विपरीत दिशाबाट आएको उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो । प्रहरीले दुर्घटना गराउने बस र सोका चालकलाई नियन्त्रणमा लिएको छ ।