Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

झापामा आगलागी : ४० वटा बाख्रा जलेर मरे

झिलझिले / झापाका अलग–अलग स्थानमा आइतबार बिहान भएका आगलागीमा १ करोड १५ लाखभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका  ७ का यादवराज पोखरेलले संचालन गरेको एपी फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।  चट्याङ परेर  विद्युत सर्ट हुँदा आगो लागेको हो।

 आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र भद्रपुर, बिर्तामोड नपाको दमकलले नियन्त्रणमा लिएको थियो । त्यसैगरी बुद्धशान्ति गाउँपालिका  ४ देवि बस्तीका  ज्योति विमलीले सञ्चालन गरेको बाख्रा फर्ममा आगलागी भएको छ। आगलागीबाट ६५ लाख बढीको क्षति भएको जिप्रका झापाका प्रवक्ता राकेश थापाले बताए।  इँटा, काठ र टिनको छानो भएको एक तले फर्ममा अचानक आगो लाग्दा  ४० वटा बोयर जातका  बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । बाख्रालाई खुवाउने दाना र फर्म पूर्णरुपमा जलेर नष्ट भएको छ।

उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र बिर्तामोड र भद्रपुरको दमकलले नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालयल  बुधबारेले जनाएको छ ।  

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

राष्ट्रपति रनिङ सिल्ड : सेभेनसिज बोर्डिङकी सुमिहाङ कराँतेतर्फ प्रदेशमा भिड्दै

Read Next

हिजोदेखि हराएका बालक यस्तो अवस्थामा भेटिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *