Girl in a jacket

दमकमा एम्बुलेन्स, अटो, मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

दमक / दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

सोमबार बिहान ९ बजे दमक नगरपालिका-४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्। 

प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो ठोक्किएका थिए। 

दुर्घटनामा अटोमा सवार ४० सन्तोष श्रेष्ठ र अटो चालक उर्लाबारी नगरपालिका-४ का देवेन्द्र बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

बुढाथोकीको घटनास्थलमै र श्रेष्ठको उपचारका लागि उर्लाबारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

श्रेष्ठको ठेगाना खुलिसकेको छैन। अटोमा सवार इनरुवा-७ बस्ने २४ वर्षको सौजन मगर गम्भीर घाइते छन्। 

उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ।  

अटोमा सवार झापा दमक-४ का २० वर्षीय राजु सिलवाल र मोटरसाइकल चालक दमक-२ का २८ वर्षीय रमेश पोखरेल घाइते रहेको र उनीहरूको अवस्था सामान्य रहेको भट्टराईले बताए। 

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मान सराेबर कृषि सहकारीले उत्पादन गरेकाे तरकारीकाे स्वाद अरू भन्दा बेग्लै

Read Next

बुधबारे जेसीजद्वारा गुरुकुलका विद्यार्थीलाई सम्मान तथा खाद्यान्न वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box