Girl in a jacket

अखिल नेपाल महिला संघ झापाले पूर्णता पायो : कोषाध्यक्षमा शिवसताक्षीकी कोपिला

झिलझिले / नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला सङ्घ झापाले पूर्णता पाएको छ ।
नेकपा एमालेको जिल्ला पार्टी कार्यालय विर्तामोडमा शनिबार सम्पन्न नेकपा एमाले निकट महिलाहरूको भेलाले १५१ सदस्य रहेको कमिटीलाई पूर्णतः दिएको हो ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी पदाधिकारी चयन भएको नेकपा एमाले झापाले जनाएको छ । क्षेत्र नं २ बाट पबित्रा पाठक अखिल नेपाल महिला सङ्घको झापा अध्यक्षमा निर्विरोध चयन भएकी छन् ।
यस्तै वरिष्ठ उपाधक्ष्य मा क्षेत्र नम्बर ३ बाट चन्द्रा श्रेष्ठ, १ नम्बर क्षेत्रबाट रेणुका डागी उपाध्यक्षमा, क्षेत्र नम्बर ५ बाट सचिव पदमा लीला ढुंगाना सर्वसम्मत चयन भएका छन् ।
यता क्षेत्र नं ४ बाट कोपिला चौलागांई कोषाध्यक्ष पदमा चयन भएकी छन् । उनी शिवसताक्षी नगरपालिकाको नेकपा एमाले की महिला नेतृ हुन् । झापा निर्वाचन क्षेत्र नं २ बाट सह सचिव पदमा सिता ढुंगाना बि क निर्विरोध चयन भएकी नेकपा एमाले झापाले जनाएको छ । ६ जना पदाधिकारी रहेको जिल्ला कमिटीमा क्षेत्र नं २ बाट दुईजना परेका छन् । पार्टीको जिल्ला कार्यालय बिर्तामोडमा रहेकाले बिर्तामोड केन्द्रित दुई महिलालाई पदाधिकारीमा जिम्मेवारी दिएको नेकपा एमालेले जनाएको छ ।
गएको भदौ ४ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । ५ गतेको बन्दसत्रमा झापाका १४५ जना महिलाले बिभिन्न पदमा मनोनयन दर्ता गराएका थिए ।
मनोनयन दर्ता गराउने मध्येबाट पदाधिकारी सहित को कमिटीले पूर्णता पाएको नवगठित कमिटीको कोषाध्यक्ष कोपिला चौलागाईंले बताइन् ।
नवगठित कमिटीका पदाधिकारी सहितका सदस्यलाई नेकपा एमालेको केन्द्रिय सदस्य तथा अखिल नेपाल महिलासंघ प्रदेश नम्बर १ की अध्यक्ष मेनुका काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

दमक प्याव्सनकाे ‘ईसिए’ प्रतियाेगिता : झिलझिलेका सम्राट श्रुति लेखन प्रतियोगितामा दमककै पहिलो

Read Next

आजदेखि सोह्र श्राद्ध सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *