Girl in a jacket

पछिल्लो अपडेट :

  • June 14, 2021

बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना हुँदा एककाे मृत्यु

Feature Photo

फिदिम / पाँचथरकाे फिदिममा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य जना घाइते छन् । दुर्घटना फिदिममा भएकाे हाे ।

मेची राजमार्गको फिदिम नगरपालिका–३ मा प्र १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स बिहान पौने ३ बजेको समयमा दुर्घटना भएको हो । तिब्रगतिका कारण अनियन्त्रित भएर एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा पाँचथरको याङबरक–२ की ५० वर्षीया ममता राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा बिहान ४ बजे जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । दुर्घटनामा स्थानीय १९ वर्षे हेमन्त लिम्बू र ताप्लेजुङको सिदिङवा–३ का ५५ वर्षे डोरकुमार राई घाइते भएका छन् ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रकी कोरोना संक्रमित महिलाको उपचार नपाएरै ज्यान गयो

Read Next

शिवसताक्षी नगरपालिकाले ५७ करोड ९७ लाख बजेट पाउँदा बाँकी तहले कति पाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *