Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

जबर्जस्ती गर्ने यात्रुबाहक बसलाई जरिवाना

तस्विर : गूगल

झापा / निषेधाज्ञा उल्लंघन गरेर पूर्वपश्चिम राजमार्गमा निर्वाद यात्रु ओसारपसार गर्ने एक यात्रुवाहक बसका चालकलाई जिल्ला प्रशासन कार्यालय झापाले प्रचलित ऐन अनुसार कारबाही गरेको छ ।

बुटवलबाट काँकडभिट्टासम्मको लागि यात्रु लिएर आएको ना.४ ख ५१५२ नम्बरको यात्रुवाहक बसलाई दमक ४ स्थित पूर्व-पश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्टले रोक्न खोज्दा चालकले भगाएको थियो ।

त्यसपछि उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकी चेकजाँच गर्दा बिना इजाजत २३ जना यात्रु लिएर आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बसले बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा उल्लंघन गरेको पाइएकोले बस तथा बस चालकलाई आवाश्यक कार्बाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई ५ हजार रुपैयाँ जरिवाना गरी छोडेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

सिटमा बेहाेस भेटिएका चालककाे मृत्यु

Read Next

जलेर घाइते भएकी वृद्धाको मृत्यु, दुई छोराको उपचार हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *