Girl in a jacket

पछिल्लो अपडेट :

  • September 22, 2021

शिवसताक्षी नगरका अर्का संक्रमित पनि हेलिकप्टरबाट बीएण्डसी आए

झिलझिले / काठमाडौंमा कोरोना संक्रमितका बिरामीले आइसियु नपाएपछि उपत्यकाबाहिरका सुविधासम्पन्न अस्पतालमा उपचारका लागि आउन थालेका छन् ।

काठमाडौंका अस्पताल चाहार्दा चाहर्दै उपचारमा विलम्ब भएर आत्तिएका संक्रमित आइसीयु सहितको उपचार सुविधा पाउने आशले काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर उपत्यकाबाहिरका अस्पताल आउन थालेका हुन् । एक साता नबित्दै झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा कोरोना संक्रमितका एक बिरामी हेलिकप्टर चार्टर गरेर उपचारका लागि आइतबार झापा आईपुगेका छन् ।

पछिल्लोपटक उपचारका लागि काठमाडौंबाट झापा आउने कोरोना संक्रमित शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का हुन्। उनको घर शिवसताक्षी नगरपालिका भएपनि काठमाडौँ बस्दै आएका थिए । दिउँसो १ बजे काठमाडौंको मनमोहन मेडिकल कलेजबाट ३५ वर्षीय मदन पाठकलाई हेलिकप्टरमार्फत उपचारका लागि विर्तामोडको बीएण्डसी अस्पतालमा ल्याइएको हो । अस्पताल स्रोतका अनुसार उनी कोरोना संक्रमित हुन्।

अस्पतालले उनलाई आईसियुमा राखेर उपचार सुरु गरेको अस्पतालका जन-सम्पर्क अधिकारी प्रमिस गिरीले बताए । पाँच दिनअघि शिवसताक्षी नगरपालिका घर भएका काठमाडौंका सङ्क्रमित नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि बीएन्डसी ल्याइएको थियो । पाठक सिम्रिक एयरको हेलिकप्टरले बिएण्डसी पुर्‍याएको गिरीले बताए।

‘मनमोहन अस्पतालमा आइसियू बेड नभएको र भेन्टिलेटरसमेत चाहिन सक्ने डाक्टरले औंल्याएपछि बिएण्डसी ल्याइएको हो,’ गिरीले भने।

बिएण्डसीमा अहिले १९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ९ जना आइसियूमा छन्। बिएण्डसीमा २५ बेडको आइसियूसहितको भेन्टिलेटर छ। हालसम्म भेन्टिलेटरमा भने कसैलाई राख्नुनपरेको गिरीले बताए।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

कोरोनाले दमकमा थप एकको मृत्यु

Read Next

दोमुखामा डुबेर थाम्सुहाङको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *