Girl in a jacket

शिवसताक्षी नगरको बजार अनुगमन तीव्र

शिवसताक्षी नगरको बजार अनुगमन तीव्र

झिलझिले / शिवसताक्षी नगरपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिँदै कडाइ गरेको छ ।

नगरको नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि गएको साउनदेखि कडाइ सुरू गरेको हो ।

‘पछिल्लो पटक बजारमा कालो बजारी बढेको, म्याद नाघेका बस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु बिना दर्ता सञ्चालनमा आएका, कुनैकुनै पसलहरु नवीकरण नगरिकन सञ्चालन भएका लगायतका जनगुनासोहरु आएको हुँदा अनुगमनलाई निरन्तरता दिइरहेका छौँ’, अनुगमन समितिकी संयोजक समेत रहेका शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले भनिन् ।

अनुगमन टोलीले आइतबार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेका  विभिन्न पसलहरुमा छड्के अनुगमन गरेको थियो । खाद्यान्न पसल, फलफुल पसल, होटल तथा चिया पसल, बेकरी उद्योगको अनुगमनमा देखिएका कमजोरीप्रति आवश्यक कारबाही सहित सचेत गराएको थियो ।

केही पसल मापदण्ड विपरीत सञ्चालनमा आएकाले तीन दिनभित्र निर्धारित मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य समेत रहेका राज्शव शाखाका प्रमुख बद्री दाहालले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई समेत अनुगमनमा सहभागी थिए । ‘व्यवसाय सञ्चालनका लागि नगरपालिकासँग नियमित नविकरण नगर्ने, स्थानीय सरकार संग इजाजत नलिई व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई तत्काल पसल सूचिकृत गर्न आव्हान गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने ।

अनुगमन टोलीमा इलाका प्रहरी कार्यालय झिलझिले, उद्योग वाणिज्य संघ, नगरको स्वास्थ्य शाखा , राजस्व शाखा, जनप्रतिनिधि , पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको शिवसताक्षी नगरले जनाएको छ ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

रहेनन् सताब्दी पुरूष सत्यमोहन जोशी

Read Next

राजनीतिमा पटक पटक पिल्सीएका थेवेले ४० वर्षपछि न्याय पाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *