Girl in a jacket

पछिल्लो अपडेट :

  • June 15, 2021

उपप्रमुख नेपालले दिइन् गरिबलाई बुच्चा र भुनी

शिवगञ्ज / सीमान्तकृत सन्थाल र अति विपन्न समुदायका परिवारलाई झापाको शिवसताक्षी नगरपालिकाले बङ्गुरको पाठो (बुच्चा) र पाठी (भुनी) उपहार दिएको छ।

शिवसताक्षी नगरपालिकाले उनीहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले बुच्चा र भुनी उपहार दिएको नगरपालिकाका लेखा प्रमुख प्रकाश योङहाङले बताए। वडा नम्वर ४ मा सोमबार एक कार्यक्रमको आयोजना गर्दै उपप्रमुख भोज कुमारी नेपालले लक्षित समुदायका नागरिकलाई जीवन निर्वाहका लागि बंगुरको पाठा पाठी उपहार दिएकी हुन् ।

वडा नम्बर ४ का २५ परिवारलाई पशुपालनमा प्रेरित गर्न बुच्चा र भुनी उपहार दिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । यो कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले १० लाख रुपैयाँ खर्चिने भएको छ ।
वडा नम्बर १० मा पनि वडा नम्बर ४ को जस्तै कार्यक्रम सञ्चालन हुनेछ । यता वडा नम्बर २ र ५मा भने अतिविपन्न लक्षित कार्यक्रम अन्तर्गतका विपन्न समुदाय परिवारलाई बाख्राका पाठा पाठी उपहार दिने कार्यक्रम रहेको नगरपालिकाका सूचना अधिकृत प्रकाश चौधरीले बताएका छन।

अहिले उपहार पाएका परिवारले वडा पालिकाको समन्वयमा आफ्नै छिमेकीलाई बंगुर र बाख्रा ले सन्तान वृद्धि गरेपछि २५ परिवारलाई पुन उपहार दिनुपर्ने नगरपालिकाले नियम बनाएको छ । बंगुरले एकपटकमा सामान्यतया १२ वटासम्म बुच्चा र भुनी पाउने गरेको छ । त्यसमध्ये दुईवटा वडा वाडापालिकाले सिफारिस गरेका अतिविपन्न वर्गका परिवारलाई उपहार दिनुपर्ने लेखाअधिकृत योङहाङले बताए ।

योङहाङ का अनुसार बुच्चा र भूनी ४५ दिनसम्मको हुँदा पाँच हजारसम्म बिक्री हुने गरेको छ । ‘अतिविपन्न वर्गका नगरवासीले यसबाट मनग्य आम्दानी लिन सक्ने छन्,’ लेखाअधिकृत योङहाङले भने ।

‘नगरभित्रका अतिविपन्न समुदायको आयआर्जनका लागि महत्वपूर्ण कार्यक्रम ल्याएर लक्षित  समुदायको जीवनस्तर उकास्न निर्वाचनताका गरेको वाचा अनुरूप नगरमा बंगुर र बाख्रा उपहार दिएका हौं,’ उप प्रमुख नेपालले भनिन् । लाभग्राही नगरवासीले यसबाट फाइदा लिएर पशुपालनमा अग्रसर बन्नु पर्ने उपप्रमुख भोज कुमारी नेपालले अनुरोध गरेकी छन् ।

स्थानीय जातका भुनी उपहार पाएपछि दङ्ग हुँदै शिवसताक्षी नगरपालिका वडा नम्बर ४ की रुद्रमाया लकान्द्रीले भनिन्, ‘ नगरपालिकाले उपहार दिएको बुच्चा र भुनि हुर्काएर परिवारको मुख्य आम्दानीको स्रोत बनाउने छु ।’

दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका परिवारलाई नगरपालिकाको यो कार्यक्रम वैकल्पिक आम्दानीको मुख्य स्रोत बनेको छ ।
सोलेमान टुडुले नगरले दिएको बंगुरको भुनीलाई राम्रो स्याहारसुसार गरेर आम्दानी गर्ने र त्यही आम्दानीबाट छोराछोरी पढाउने बताए । आर्थिक अवस्था दयनीय रहेका टुडुका छोराछोरी विद्यालय जान सकेका छैनन् । ‘रुपैयाँ पैसा भए पो छोराछोरीलाई विद्यालयमा पढ्न पठाउनु,’ उनले भने ,’अब यसबाट आम्दामी लिएर छोराछोरीलाई विद्यालयमा पठाउँछु ।’

पशु उपहार कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अधिकचन ताजपुरिया, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राइ, पशु स्वास्थ्य शाखा र कृषि शाखाका कर्मचारीको सहभागिता थियो ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

युवा परिषदको अध्यक्ष बने रोशन

Read Next

शिवसताक्षीका अग्नीपीडितको घर युवासंघले बनाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *