बिर्तामोड / बिर्तामोड झापाको बिर्तामोड–८ आदर्शनगरका ७६ वर्षीय देवधारी चौधरी एकसाता देखी बेपत्ता भएका छन् । उनकाे सर्वत्र खाेजी भइरहेकाे छ । प्रहरीले पनि मातहतका निकायमा वृद्धको खोजीकालागि सुचना प्रवाह गरेको जनाएको छ ।
स्मरणशक्ति कमजोर हुँदै गएका कारण बेला–बेला बाटो बिर्सने समस्या रहेकाे नातिनी बबिताले सताक्षी न्युजलाई बताइन् । चौधरी सम्पर्कविहीन भएकाे उनका आफन्तले प्रहरीलाई लिखित जानकारी दिएका छन् ।
गत माघ २९ गते बिहान ११ बजेदेखि बिर्तामोड–८ पञ्चकन्या धर्मकाँटाबाट हराइरहेका चौधरीको देब्रे हातमा डढेको दाग रहेको परिवारले जनाएका छन् ।
चौधरीलाइ फेलापार्नेले प्रहरी कार्यालय वा ९८४२९४७१२९, ९८१७९९३१६३, ९८५११५९०७७ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।