Girl in a jacket

नेकाकाे कारबाही : पूर्व जिल्ला सचिव भक्ति सिटौला सहित ९ जनाकाे पार्टी सदस्यता खोस्न नेतृत्व संग माग

नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सचिव तथा महाधिवेसन प्रतिनिधि भक्ती सिटाैला । तस्विर : सिटाैलाकै फेसवुकबाट ।

शिवसताक्षी (बोलोचोक) / नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सचिव भक्ति सिटौलालाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गर्न नेतृत्व संग स्थानीय तहको निर्वाचनका एक वडा अध्यक्षका प्रत्यासीले माग दावि गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार राकेश ताजपुरियाले पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेका सिटौलालाई कारवाहीको माग गर्दे नगर समितिलाई निवेदन दिएका छन् । निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई खुलेर असहयोग गरेको, उम्मेदवार विरुद्ध दुस्प्रचार गरेको, चुनावी अभियानमा पुर्ण समय नदिएको, केही कार्यक्रममा देखावटीरुपमा उपस्थित भएको लगायतका आरोप लगाउँदै वडा अध्यक्ष पदका प्रत्यासी ताजपुरियाले कारबाहीको माग गरेका हुन् ।

सिटौला जिल्लामा कहलिएका पार्टीका नेताका रुपमा चिनिन्छन् । उनि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला निकट नेता हुन् । नेपाली कांग्रेसले हाल सम्मको इतिहाँसमा नहारेको साविकको पाँचगाछी गाविसमा गएको स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको थियो ।

सिटौलाको पकड क्षेत्र मानिएको सो वडामा नेपाली कांग्रेसले हार व्यहोर्नुको मुख्य कारक सिटौला भएको वडा अध्यक्ष पदका प्रत्यासी ताजपुरियाले बताए । उनले भने, ‘इतिहाँसमा पहिलो पटक साविकको पाँचगाछि गाविस पार्टी भित्रका अन्र्तघाती नेताका कारण हार भयो ।’ नेपाली कांग्रेसको ६८ प्रतिशत बाहुल्यता रहेको सो वडामा निर्वाचन हार्नु भनेको अन्र्तघात बाहेक अन्य कारण नभएको उनले बताए ।

‘नेपाली कांग्रेसको कोखबाट जन्म लिने अनि पार्टीलाई आवस्यक परेको बेला दुला पस्ने नेताको के काम,?’ ताजपुरियाले भने ‘पार्टी जोगाउने हो भने यस्ता अन्र्तघातिलाई अविलम्ब कारवाही गरेर पार्टीबाट निस्कासन गरियोस् ।’

वडा अध्यक्षका प्रत्यासी ताजपुरियाले सिटौला सहित पार्टीका जिल्ला सदस्य सुकदेव प्रसाद ताजपुरिया, प्रदेश समिति सदस्य पुर्णकुमार शाह, झापा क्षेत्र नम्बर ४ का क्षेत्रिय समिति सदस्य उमाकान्त उप्रेती, शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का पार्टीका वडा सभापति देवनारायण ताजपुरिया समेतलाई कारबाहीको माग गरेका छन् ।

यस्तै वडा उपसभापती याम नाथ सिटौला, क्षेत्रिय प्रतिनिधि गोपाल तामाङ, हेमराज प्रसाईँ र पार्टीका क्रियाशिल सदस्य सत्य नारायण राजबशीलाई कारबाहीको माग गरेका छन् । नेपाली कांग्रेसको निर्वाचन नियमावलीमा निर्वाचनका बेला पार्टीका आधिकारीक उम्मेदवारलाई जुनसुकै प्रकारको असहयोग गरे साधरण सदस्यता समेत नरहने गरी पार्टीबाट निस्काशन गर्ने प्रावधान छ ।

वडा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार ताजपुरियाले स्थानीय तहको निर्वाचनमा असहयोेग गरी आफ्ना पार्टीका उम्मेदवार हराउन पार्टी इतरका राजनीतिक दललाई सहयोग गर्ने नेतालाई कारबाहीको माग गर्दे नगर र प्रदेश समितिलाई निवेदन दिएका छन् । पार्टीका अन्तरघातिलाई कारबाहीको माग गर्दे निवेदन दिने शिवसताक्षी नगरमा वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार ताजपुरिया पहिलो उम्मेदवार हुन् । उनले पार्टीका स्थानीय वडाका सभापती समेतलाई कारवाहीको माग गर्दे निवेदन दिएपछि वडामा खैलाबैला मच्चिएको वडाका एक सदस्यले सताक्षी न्युजलाई बताए ।

उनले दिएको निवेदन नेपाली कांग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेत र प्रदेश (क) का सभापती विनोद ढकालले बुझेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय समिति र जिल्ला समिति समेतलाई ताजपुरियाले निवेदनको बोदार्थ दिएका छन् । पुर्व जिल्ला सचिव सिटौलालाई ०७४ सालको निर्वाचनमा पनि पार्टीको उम्मेद्वारलाई असहयोग गरेको आरोप थियो । तर, उनि विरुद्ध उजुरी गर्ने हिम्मत नगरमा कसैले गर्न सकेका थिएनन् ।

०७४ र ०७९ को स्थानीय तहको निर्वाचनमा उनि मेयर पदका आकांक्षी थिए । तर पार्टीले उनको आकाक्षालाई सम्बोधन नगरेपछि उनि पार्टीका उम्मेदवार विरुद्ध दुस्प्रचार गर्दे निर्वाचन जित्न बनिएको माहोल बिथोल्ने अभियानमा लागेको आरोप स्थानीय स्तरमा छ । गएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका लागि पार्टीको आन्तरिक निर्वाचनमा उनी पनि लडेका थिए । ७६ जनाले मतदान गरेको आन्तरिक प्रतिस्पर्धामा मेयरका प्रत्यासी पर्शुराम ढुँगानाले ५१ मत पाउँदा उनले २१ मत मात्र पाएका थिए । त्यसैको झोँकमा उनले वडाका उम्मेदवार सहित नगरका अन्य उम्मेदवारलाई पुर्ण असहयोग गरेको आरोप छ ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा सताक्षी न्युज डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

सांसद साँवाको आग्रह – सबै मिलेर नगरको विकास गरौं

Read Next

शिवसताक्षीमा केन्द्रकाे बजेट : ५७ करोड १४ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *