Girl in a jacket

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु : प्रधानाध्यापक सहित शिक्षक पक्राउ

झापा / झापाको कन्काई नगरपालिकास्थित चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षक बुधवार साँझ पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको कुटपिट पछि मृत्यु भएको आरोपमा विद्यालयका खरिदार पदमा कार्यरत रवीन मगर र विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यालयको कार्यालय सहायक पदमा कार्यरत मगरले कक्षा ४ मा पठन–पाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते १० वर्षीय विद्यार्थी कृष्णप्रसाद राजवंशीलाई कुटपिट गरेको बताइएको छ ।

शिक्षकको कुटाईबाट विद्यार्थीको कान सुन्निएको र उपचारका लागि तत्काल स्थानीय मेडिकल पुर्याइएको थियो । बालकलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले शिक्षकको पिटाईबाट विद्यार्थीको मृत्यु भएको भन्ने खवर आएपछि प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको बताए ।

कमेन्ट गर्नुस्

सताक्षी न्युज

सताक्षी न्युज झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

झापा गाउँपालिकामा अध्यक्ष कप फुटबल हुने

Read Next

चौतर्फी दबाबपछि रिहा भइन् रामकुमारी झाँक्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box